साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Saturday, August 20, 2011

मेरो आजको गजल

गजल :-

जब म्याद बिते पछी तिमि आयौ सहमतिमा ,
बाँडी चुँडी मन्त्रि खान तिमि धायौ  सहमतिमा ||

भाका हाली लेग्रो तानी आशा दियौ संबिधानको ,
जसो तसो नेता तिमि भता खायौ सहमतिमा ||

चैत मास खडेरीमा भोकमरी लाग्यो  भन्छन ,
आफ्नै स्वार्थ पूर्ति गर्न गाना गायौ  सहमतिमा ||

आज भोलि भन्दा भन्दै चार साल हुन लाग्यो  है ,
भन्दै नयाँ सरकार बिल्ला लायौ सहमतिमा ||

गाउँ गाउँ बस्ति बस्ति सहकारी आयो भाषण ,
मिलि जुली बाँडी खाने निउँ पायौ सहमतिमा ||

जब म्याद बिते पछी तिमि आयौ सहमतिमा ,
बाँडी चुँडी मन्त्रि खान तिमि धायौ  सहमतिमा ||


संजय कुमार खड्का
हाल : साउदीअरब
रामेछाप देउराली 

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल