साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

साहित्य संगम

Showing posts with label लेख-विचार. Show all posts
Showing posts with label लेख-विचार. Show all posts

Friday, September 14, 2012

"आनन्दै छ जिन्दगी" यो पढिदिनु ल "



मेरो भनाई


म भन्दा नि अझ अघि बढिदिनु ल 
"आनन्दै छ जिन्दगी" यो पढिदिनु ल 

२०४५ सालमा दशरथ रङ्गशालामा भएको हृदयविदारक घटनाले उद्वेलित मनमस्तिस्कबाट पहिलो पटक एउटा कविता लेखें । साहित्यिक यात्रा भनौँ वा कविता लेखनको शुरुआत दुखद् घटनाबाट शुरू भयो ।

२०४६ सालमा खानेपानी तथा ढल निकास विभागको रसुवा धुन्चेको अस्थायी जागिरे जीवनमा धेरै कविताहरु लेखेँ । कहिले गणेश हिमाल हेर्दै लेखेँ,कहिले लाङटाङ हेर्दै लेखेँ । कहिले गतलाङ पुगेर लेखेँ त कहिले स्याफ्रु र रसुवागढी पुगेर लेखेँ । कविता लेख्ने क्रम अविरल बगिरह्यो तर सेतीझैँ बगिरह्यो भित्रभित्रै । २०६० सालतिर होला सायद,केही कविताहरु पीस साप्ताहिक लगायतका पत्रिकाहरूले नियमित प्रकाशनमा ल्याएका थिए ।
प्रत्येक मानिस कवि हुन् ,फरक यत्ति हो, कसैले शब्दलाई, सबैले देख्ने गरी भावनामा पोख्छ त कसैले पोख्न नजानेर एक्लै लुकाएर पिउँछ । मैले पनि जिन्दगीका उकाली ओरालीहरूसँगै यस्ता भावनाहरू कति पिउँदै पोखाउँदै २०६६ सालसम्म आउँदा ब्रेन ट्यूमरले पत्तै नदिई मेरो शिरमा डेरा जमाइसकेको रहेछ । भर्खर – भर्खर फेसबुकमा रमाईरहेको मनमा सो रोगको उपचार गर्न जानुपूर्व छातिभित्र बाँच्ने र मर्ने विषयले आन्दोलन गर्दैगर्दा लेखिएका हरफहरू यस्ता थिए–

यो फोटोले जित्यो वर्ष फोटो पुरस्कार



काठमाडौ, फाल्गुन २७ - पहिलोपटक देख्दा त आफ्नै आँखामाथि विश्वास भएन । मेरोअगाडि एक यस्तो मानव आकृति उभिएको थियो, जसको मुहारको आधा भाग मानिसको जस्तो र बाँकी भाग कालो भुत्लैभुत्लाले भरिएको वनमान्छेजस्तो थियो । प्रकृतिको यो भद्दा मजाक एक अबोध बालिकामाथि भएको देखेर मेरो मन झनै विचलित भयो ।


गएको फागुन १४ गते ती बालिका मोडेल अस्पतालमा डा. शंकरमान राईको कक्षबाहिर उभिएकी थिइन् । सामान्यतया वरिपरि नहेरिकनै फटाफट हिँड्ने म आफ्नै आँखाअगाडि उपस्थित हुन आएको त्यो विषादयुक्त दृश्य देखेपछि अगाडि बढ्न सकिनँ । बच्चीसँग बोल्ने प्रयत्न गरें, उनले कुनै जवाफ दिइनन्, ट्वाल्ल परेर भावशून्य मुद्रामा हेरिन् मात्र । त्यत्तिकैमा छेउबाट आवाज आयो, 'नेपाली त्यति राम्रो बोल्दिन यो ।' मैले टाउको घुमाएर हेर्दा साधारण भेषभूषामा एक युवकलाई देखें । अर्जुन ओली नाम रहेछ । दोलखाका सामाजिक कार्यकर्ता । उनले छेउमै उभिएका एक अधबैंसे मानिससँग परिचय गराउँदै भने, 'कालुमान थामी, भावनाका बुवा ।'

Wednesday, September 12, 2012

नेपाली सुद्द लेख्ने केहि नियम


नेपाली शुद्धलेखनका आधार,शब्दको अन्त्यमा 'ई'को प्रयोग

शब्दको अन्त्यमा 'ई'को प्रयोग गर्ने सामान्य आधार
-------------------------------------------------------------

१. सर्वनामको अन्त्तमा 'ई' दीर्घ लेखिन्छ :-हामी,तिमी,यिनी,उनी,यी,ती,तिनी,तपाईँ

२. स्त्रीलिङ्गी शब्दको अन्त्यमा'ई'दीर्घ लेखिन्छ :-
छोरी,बुहारी,बहिनी,भान्जी,भतिजी,नातिनी,केटी,गाई,देवी,लक्ष्मी,ईश्वरी,भागीरथी
३. निर्जीव/मानवेतर शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-टोपी,काउली,खोर्सानी,तर्कारी,फर्सी,भिन्डी,कोदाली,गुन्द्री,चकटी,खुर्पी,छुर्पी,आली,फाली,

४. सानो बुझाउने शब्दको अन्त्यमा'ई' दीर्घ लेखिन्छ :-थाली,गाग्री,लोहोटी,बोटुकी,पटुकी,खुर्पी,

Friday, September 7, 2012

छन्दका गजल सम्बन्धि |

छन्द परिचय
 ( छन्द सिक्न चाहनेहरूका लागि मात्र ....! खास गरी हालसालै निर्माण गरिएका नया-नयाँ छन्दहरू....!!)




छन्द-



छन्दमा वर्णहरूलाई ह्रस्व (L) र दीर्घ (S) गरी दुई वर्गमा विभाजन गरिएको हुन्छ ...(L) लाई लघु भनिछ भने (S) लाई गुरु भनिछ, जस्तै -
क. ह्रस्व वर्णहरु - अ इ उ ऋ स्वर र तिनीहरुसँग जोडिएका सबै क कि कु कृ व्यन्जनहरू
ख. दीर्घ वर्णहरू - आ ई ऊ ए ऐ ओ औ अम् अ: स्वर र तिनीहरूसँग जोडिएर आउने का की कू के कै को कौ कम् क: आदि
ग. संयुक्त व्यन्जन प्रयोग भएका शब्दहरू उच्चारण गर्दा यदि अघिल्ला वर्णले पछिल्ला आधा व्यन्जनलाई तान्यो भने त्यो अघोल्लो वर्ण ह्रस्व भए पनि दीर्घ नै हुन्छ ....जस्तै -
शब्द उच्चारण दीर्घ वर्ण
अम्बा (अम् +बा)...अ दीर्ध
दिन्छ (दिन् +छ)....कि दीर्घ
लुप्त (लुप् + त)....लु दीर्घ



Wednesday, August 31, 2011

नराम्रा मानिने १० कुरा


         बाल्यावस्थादेखि नै केही कुरामा हाम्रो नकारात्मक धारणा बनेको पाइन्छ, जसका कारण हामी यिनबाट टाढा रहन्छौं तर अनेकौं शोधअनुसार नराम्रा मानिएका केही कुरा स्वास्थ्यका लागि फाइदाजनक पनि हुन्छन्।

घिउ : स्वास्थ्यप्रति सजग आधुनिक मानिसहरू घिउलाई विष सरह मान्छन् र बोसो बढाउने तत्वको दर्जा दिएर त्यसलाई नकार्छन्। यसो गर्नु राम्रो होइन। आयुर्वेदमा घिउलाई अमृतको दर्जा दिइएको छ। घिउ मात्र फ्याट होइन। पानी निकालिएको बटर मिल्क भएकाले पचाउन सजिलो छ। यसबाहेक घिउमा एन्टी बीटा कोरोटिन र भिटामिन 'इ' पाइन्छ जसले शरीरलाई फ्री रेडिकल्ससित लड्ने शक्ति प्रदान गर्छ। घिउले मस्तिष्कको विकासमा सहायक भूमिका खेल्नुका साथै पेटको भ्युस लाइनिङलाई ठीक राख्छ। यसले एसिड एल्कालाइन्को सन्तुलन कायम गर्छ। यसको फाइदा तब मात्र प्राप्त हुन्छ जब यसलाई आगोमा पकाइँदैन त्यसकारण घिउलाई धूवाँ निस्कने गरी पकाउनु हुँदैन।

ब्याक्टेरिया : प्राय: ब्याक्टेरियालाई बिरामी र फोहोरसित जोडेर हेरिन्छ तर यो सोच पूर्णरूपले ठीक होइन। हालै गरिएको शोधबाट के सिद्ध भएको छ भने कतिपय ब्याक्टेरियाबाट स्वास्थ्य राम्रो हुन्छ। वैज्ञानिकहरूका अनुसार प्रोबायोटिक र पि्रबायोटिक ब्याक्टेरियाको सेवनले कोलोन क्यान्सरको खतरा कम हुन्छ। यसले व्यक्तिको इम्युनसिस्टम र पाचन प्रणालीलाई बलियो बनाउँछ। केही शोधकर्ताका अनुसार ब्याक्टेरियायुक्त खाना सेवन गर्नाले मोटाबोलिक तथा इम्युनसम्बन्धी समस्या हुँदैन। एन्टिबायोटिक औषधि खाएपछि यसको सेवन गर्नाले डायरिया हुने खतरा कम हुन्छ।

कफी : सामान्यतया कफी स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यस्तो सोच पनि पूर्णरूपमा सही होइन। वास्तवमा कफी हाम्रो स्वास्थ्यका लागि लाभदायक छ। चिकित्सकहरूका अनुसार केफटिन हाम्रो स्वास्थ्यका लागि लाभदायक हुन्छ। केफटिनमा भएको एन्टी अक्सिडेन्टले डायविटिजको खतरालाई कम गर्छ। यसले लिभर र आमाशयमा हुने गम्भीर रोगबाट पनि जोगाउँछ। कफी सेवनले पुरुषको तुलनामा महिलालाई बढी फाइदा गर्छ। हालै गरिएको एक शोधअनुसार दिनमा तीन-चार कप कफी पिउने महिलाको स्मरण शक्ति तुलनात्मक रूपले कफी नपिउने महिलाको भन्दा राम्रो हुन्छ। यति मात्र होइन कफीले हृदयाघात एवं कोलोन क्यान्सरको खतरा पनि कम गर्छ।

चकलेट : डार्क चकलेट स्वास्थ्यका लागि फाइदाजनक छ। चकलेटमा फ्लावनोल र प्रोसाइनिडिन्स नामक एन्टी अक्सिडेन्ट हुन्छ। यसले मुटु र रक्तबाहिकाको रक्षा गर्छ र विशेष प्रकारको क्यान्सर हुन दिँदैन। यसबाहेक यसले डिमेन्टिया -मस्तिष्क रोग) बाट पनि रक्षा गर्छ।

क्रोध : भनिन्छ क्रोध ठीक होइन। अत: क्रोधलाई दबाएर राख्नुपर्छ। यद्यपि क्रोधलाई शरीरभित्र दबाएर राख्नु स्वास्थ्यका दृष्टिले राम्रो होइन। विशेष कारणवश उत्पन्न क्रोध शरीर भित्रै रहे ब्लडप्रेसर बढ्छ। आफूभित्र क्रोध दबाएर राख्दा उसले आफ्नो स्वभाव बदल्नुपर्छ। हालै गरिएको शोधका अनुसार मनको द्वेष निकालेर फाले मानिस बढी संयमित हुन्छ र उसले आशावादी जीवन बिताउन सक्छ। शोधअनुसार मनको रिस निकाल्नु रिस दबाउनु र लामो समयसम्म पाल्नुभन्दा राम्रो हो। धेरै समयसम्म क्रोधित रहनाले हाई ब्लडप्रेसर, अनिद्रा, फोक्सो तथा मुटुको समस्या हुने खतरा बढ्छ।

यौन : हाम्रो समाजमा यौनलाई मात्र आनन्द र मस्तीसित जोडेर हेरिन्छ। यौन स्वास्थ्यका लागि कति फाइदाजनक छ, यस विषयमा कमै चर्चा गरिन्छ। यौनले शारीरिक सन्तुष्टि प्रदान मात्र गर्दैन, यसले कतिपय शारीरिक फाइदा पनि प्रदान गर्छ। वैज्ञानिकहरूका अनुसार सुखी वैवाहिक जीवन बिताउनेहरूको आयु लामो हुन्छ। तिनलाई क्यान्सर, हृदयसम्बन्धी रोग आदि हुने खतरा कम हुन्छ। यौनले शरीरमा अक्सिटोसिनको मात्रा बढाउँछ, यसबाट आराम र शान्ति प्राप्त हुन्छ। जो सातामा दुई-तीन पटक यौन क्रियामा संलग्न रहन्छन्, तिनलाई हृदय रोगको खतरा अरूलाई भन्दा ५० प्रतिशत कम हुन्छ।

आलस्य : हालै गरिएको एक अनुसन्धानअनुसार आरामदायक दैनिकी निर्वाह गर्ने व्यक्तिले स्वस्थ जीवन बिताउँछन्। पूर्ण निद्रा, आराम, मन मुताविक काम र कुनै प्रकारको चिन्ता नहुनु स्वस्थ जीवनका लागि आवश्यक छन्। निद्राले स्ट्रेसलाई कम गर्छ। त्यसैले ८ घन्टाको निद्रा अत्यावश्यक मानिन्छ। यसले डायविटिज, हाई ब्लडप्रेसर, मोटोपन, हृदयसम्बन्धी रोग आदिको खतरा कम गर्छ। आराम गर्नाले तनाव कम हुन्छ र डिप्रेसन हुँदैन।

छेडछाड र मस्ती : फ्लर्टिङ र मस्ती गरेर पनि स्वस्थ रहन सकिन्छ। यद्यपि फ्लर्टिङ हल्काफुल्का हुनुपर्छ। ख्यालटट्टा सीमित हुनुपर्छ। ख्यालठट्टा एवं मस्ती गर्नाले स्ट्रेस कम हुन्छ र मस्तिष्कले पोजेटिभ ढंगले काम गर्न थाल्छ। फ्लर्टिङ मानसिक र शारीरिक रूपमा स्वस्थ महसुस गर्ने एउटा उपाय हो। हालै गरिएको अनुसन्धानमा ८५ प्रतिशत मानिसले फ्लर्टिङ अर्थात् ख्यालठट्टा गर्दा आफू योङ र सेक्सी महसुस गरेको बताए। त्यसैगरी ३६ दशमलव ५ प्रतिशतले फ्लर्टिङबाट हल्का महसुस गरेको जिकिर गरे।

रुवाइ : धेरै रुनुलाई राम्रो मानिदैन। यद्यपि आँसुले मानसिक तनाव कम गर्छ र शरीरबाट टक्सिन बाहिर निकाल्न सहयोग गर्छ। मानिसहरू रोएर आफ्नो दु:ख व्यक्त गर्छन् र शारीरिक एवं मानसिक रूपबाट बढी स्वस्थ हुन्छन्। हाँस्दा जस्तै रुँदा पनि तनाव कम हुन्छ। रुँदा मस्तिष्कको पीडा कम गर्ने इन्जाइम स्राव हुन्छ। अत: रोएर आफ्नो दु:ख-पीडा कम गर्नु राम्रै हो।

रेड वाइन : रेड वाइन स्वास्थ्यका लागि राम्रो हुन्छ। रेड वाइनमा क्यान्सर प्रतिरोधी क्षमता हुन्छ र त्यसले हृदयको धमनीको रक्षा गर्छ। रेड वाइन अंगुरबाट बनाइन्छ र अंगुरमा बाहिरी मात्रामा रेस्वराट्रल र एन्थेसियानिस नामक दुई प्रकारका एन्टी अक्सिडेन्ट पाइन्छन्, जसले हृदयको रक्षा गर्छन्। यसबाहेक रेड वाइनले रेस्वाट्रल, अल्जाइमर तथा गिजाको पीडाबाट पनि रक्षा गर्छ। एक शोधअनुसार जसले तीन ग्लास रेड वाइन सेवन गर्छन् तिनलाई अरूको तुलनामा कोलोन क्यान्सरको खतरा कम हुन्छ। यसबाहेक रेड वाइनमा पाइने एन्टी अक्सिडेन्टले रगतमा चिनीको मात्रालाई सन्तुलित राख्छ। ह्वाइट वाइनमा पाइने एन्टी अक्सिडेन्टले पनि हृदयाघातको खतरा कम गर्छ।

Thursday, May 5, 2011

थाइराइड :गम्भीर समस्या

थाइराइड :गम्भीर समस्या

के तपाईंलाई ८-१० घन्टा सुते पनि दिनभर निन्द्रा नपुगेको जस्तो/क्लान्त अनुभव हुन्छ ? वा रात्रिमा निन्द्रा पर्दैन ? तपाईंले खानपिन, शारीरकि अभ्यास, उपचार आदि गरे पनि शरीरको तौल परविर्तन भएको छैन ? वा बिनाकारण अचानक धेरै तौल घटेको वा बढेको छ ? के तपाईंको डिप्रेसन वा चिन्ता उक्त रोगको औषधीले निको भएको छैन? खानपिनमा पहरेज, अभ्यास एवं औषधीले पनि तपाईंको कोलेस्ट्रोल घटेको छैन ? वा ज्यादै न्यून कोलेस्ट्रोल छ ? तपाईंको परविारमा कसैलाई गलगाँड, अस्वाभाविक मोटोपन वा निको नहुने घाँटीको रोग छ ? के तपाईंको मैनावारी अनियमित, अत्यधिक वा अति अल्प छ ? वा गर्भवती हुन सक्नुभएको छैन ? तपाईंलाई कडा तथा दीर्घ कब्जियत छ ? अथवा बारम्बार दिसा लागिरहने, औषधी गरे पनि पेटको समस्या भइरहन्छ ? के तपाइर्ंको कपाल झर्ने, टुट्ने, हाँगा हाल्ने, सुक्खा हुने, आँखीभौँका राँै झर्ने तथा छाला पातलो, सुक्खा, पत्रपत्र निस्कने प्रकृतिको छ ? तपाइर्ंको घाँटी सुन्निएको अनुभव हुने, असजिलो तथा केही अड्किएजस्तो हुने, धोद्रो स्वर हुने वा घाँटीको ग्रन्थि बढेको देखिएको छ ? के तपाइर्ंको मांसपेशी र जोर्नी दुख्ने तथा हातखुट्टा कमजोर भएजस्तो

लाग्छ ? यदि यी समस्याहरू छन् भने तपाइर्ंलाई थाइराइडसम्बन्धी रोग लागेको हुनसक्छ।

थाइराइड ग्रन्थि घाँटीको अग्रभागमा रुद्रघण्टीको तल अवस्िथत हुन्छ। उक्त ग्रन्थिले थाइराइड हार्मोन उत्पन्न गर्छ। जसले हामीले खाएको पौष्टिक तत्त्वलाई जीनतत्त्वमा रूपान्तरण गर्छ। थाइराइड हार्मोनले शारीरकि शक्ति नियमन गर्न, अरू हार्मोन र भिटामिनलाई शरीरमा प्रयोग गर्न र शरीरका तन्तुहरूलाई वृद्धि तथा परपिक्व गर्न महत्त्वपूर्ण काम गर्छ। थाइराइड ग्रन्थिको कार्य क्षमतामा गडबडी भएमा कि त प्रशस्त मात्रामा -अनावश्यक रूपमा) हार्मोनको उत्पादन हुन्छ -हाइपरथाइराइडिज्म) कि अत्यन्त न्यून मात्रामा हार्मोन उत्पादन हुन्छ -हाइपोथाइराइडिज्म)। यी दुवै प्रकारको थाइराइड समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ। मस्ितष्कबाट पिटुटरी ग्रन्थिमा थाइराइड स्िटमुलेटिङ् हार्मोन -टीएसएच) उत्पन्न हुन्छ। उक्त टीएसएच हार्मोन थाइराइड ग्रन्थिमा परभि्रमण गरेर टी-३ तथा टी-४ हार्मोनहरू उत्पादन गर्न उत्प्रेरकको काम गर्छ। थाइराइड ग्रन्थिलाई टी-३ तथा टी-४ हार्मोनहरू उत्पादन गर्न प्रशस्त मात्रामा खाने आयोडिन चाहिन्छ।

महिला वंशाणुगत इतिहास रोग प्रतिरोधात्मक क्षमतामा ह्रास धुम्रपान, गर्भवती अवस्था, गलगाँड तथा घाँटीमा धेरै गिर्खा भएको अवस्था, क्यान्सर तथा विकिरण उपचार गरेकाहरू 'हाइपरथाइराइडिज्म' हुनसक्ने जोखिम समूहमा पर्छन्। प्रौढ उमेर, महिला, वंशाणुगत इतिहास, पहिले थाइराइडसम्बन्धी रोग भएका -गलगाँड, ग्रन्थिको शल्यक्रिया वा विकिरण चिकित्सा), दीर्घरोगीहरू जस्तै मधुमेह, रक्तअल्पता, रोग प्रतिरोधात्मक क्षमता कमी भएका, ढिके नुन सेवन गर्ने 'हाइपोथाइराइडिज्म'को जोखिम समूहमा पर्छन्। ६० वर्षभन्दा बढीका करबि २० प्रतिशत महिलालाई यो रोगका केही लक्षणहरू देखिन्छन्, तीमध्ये प्रतिवर्ष २-५ प्रतिशत महिलालाई यो रोग लाग्छ।

बिरामीको इतिहास, शारीरकि परीक्षण -आँखा, छाला, मुटु, स्नायु प्रणाली, थाइराइड ग्रन्थि), थाइराइड अल्ट्रासाउन्ड, वायोप्सी, सीटीस्क्यान, प्रतिजैविक परीक्षण आदि विविध परीक्षणहरूभन्दा रक्त परीक्षणबाट यो रोगको निदान हुन्छ। रक्त परीक्षणमा यदि टी-३, टी-४ बढेमा र टीएसएच घटेमा हाइपोथाइराइडिज्म पत्ता लाग्छ। त्यस्तै, यदि टी-३ र टी-४ घटेमा तथा टीएसएच बढेमा हाइपोथाइराइडिज्मको निदान हुन्छ। स्वस्थ व्यक्तिमा ती हार्मोनहरू घटबढ नभई सामान्य मात्रामा हुन्छन्।

समयमै रोगको निदान गरेर उपचार गरे यस रोगबाट बच्न सकिन्छ। लामो समयसम्म निदान नभएर एक्कासि बेहोस वा विषाक्त प्रभाव परेमा यसबाट बिरामी मृत्युको सम्भावना ५० प्रतिशत रहन्छ। समयमा उपचार नगरेमा हाइपरथाइराइडिज्मले मुटु र मस्ितष्कमा असर गर्छ। थाइराइड ग्रन्थिमा विषाक्त प्रभाव पर्छ। उच्च रक्तचाप, छाती दुख्ने, छिटो र अनियमित मुटुको धड्कन हुने, सास फेर्न गाह्रो हुने, पेट दुख्ने, वान्ता हुने, बढी उत्तेजित वा चिटचिटाहट, रंिगटा, हृदयाघात तथा चेतना हराएर कोमामा जाने आकस्िमक अवस्था हुन्छ। त्यस्तै, समयमा निदान एवं उपचार नगरेमा हाइपोथाइराइडिज्मले मस्ितष्कमा गम्भीर असर गर्छ। आन्द्रामा अवरुद्धता हुने, मुटुको धड्कन अनियमित हुने, संक्रमण, फोक्सो र मुटुमा पानी जम्ने, सोच्ने शक्ति हराउने, पागलपन, कोलेस्ट्रोल बढेर हृदयाघात, पक्षघात, निन्द्रामा श्वासप्रश्वास रोकिने, बिर्सनेलगायतका मस्ितष्कका रोगहरू लाग्छन्।

परीक्षणपश्चात् थाइराइड ग्रन्थिको रोग देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सकको सल्लाह अनुसार लामो समयसम्म उपचार एवं नियमित रूपमा रक्त परीक्षण गर्नुपर्छ। चिकित्सा विज्ञानले रेडियोएक्टिभ, आयोडिन तथा एन्टी थाइराइड औषधी र शल्यक्रिया -हाइपरथाइराइडिज्मका लागि) र थाइराइड हार्मोन चक्की -हाइपोथाइराइडिज्मका लागि)लगायतका विभिन्न रासायनिक हार्मोनहरूको प्रभावकारी आविष्कार गरेको छ। यी औषधीहरू सर्वत्र उपलब्ध छन्। यसका साथै आवश्यकता अनुसार विशेष उपचार तथा लाक्षणिक उपचार पनि गरन्िछ।

यस्तो प्रकारको रोगबाट बच्ने एक मात्र उपाय भनेको समय-समयमा थाइराइड हार्मोनको रक्तपरीक्षण गर्ने र रोग भएमा समयमै उपचार गर्ने हो। त्यसबाहेक आयोडिनयुक्त नुन तथा खाना खाने, अनावश्यक रूपमा एक्सरे, सीटीस्क्यान आदि पटक-पटक नगर्ने, तनाव, चिन्ता र हतासलाई न्यूनीकरण गर्ने, धेरै चिया, कफी तथा चुरोट नखाने एवं स्वस्थ र सक्रिय जीवनशैली अवलम्बन गर्नुपर्छ। एकातर्फ हाम्रा दुर्गमबासी ढिके नुन खान बाध्य छन् भने अर्कोतर्फ यो रोग परीक्षणको ग्रामीण तथा दुर्गम क्षेत्रमा विस्तार नभएकाले, जनचेतना न्यून भएकाले एवं सरकारी प्राथमिकतामा नपरेको हुँदा लाखौँ नेपालीले आफ्नो रोग थाहै नपाई मृत्युवरण गर्नुपर्ने विडम्बना छ।

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल