साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Thursday, October 4, 2012

गजल -72 -हाँसो सधै रहन्न के जोगाएर राखे राम्रो


गजल :-










हाँसो सधै रहन्न के जोगाएर राखे  राम्रो
आखाँ लाग्छ पराइको लुकाएर राखे  राम्रो |१|


चिन्ता लिन्न भने पनि आफै आउछ घरी घरी
स्वस्थ बन्न पीर बेथा दबाएर राखे  राम्रो  |२|


 थरी थरी मान्छे हरु संस्कार पनि फरक फरक 
छानि-छानि असल खराब् पचाएर राखे  राम्रो |३|


विज्ञानको हावि हुदै जमाना त्यो बद्ले पनि 
संस्कृति र परम्परा बचाएर राखे  राम्रो  |४|


फेरिनु छ समाज अझै जाग्नु पर्छ नारी पुरुष
 कुरीति र कुसंस्कार हटाएर राखे  राम्रो  |५|


 रदिफ फरक गरिएको गजल :-

हाँसो सधै रहन्न के जोगाएर राख्नु  पर्छ
 आखाँ लाग्छ पराइको लुकाएर राख्नु पर्छ |१|

चिन्ता लिन्न भने पनि आफै आउछ घरी घरी
स्वस्थ बन्न पिर बेथा दबाएर राख्नु पर्छ |२|

थरी थरी मान्छे हरु संस्कार पनि फरक फरक 
छानि-छानि असल खराब् पचाएर राख्नु पर्छ |३|

विज्ञानको हावि हुदै जमाना त्यो बद्ले पनि 
संस्कृति र परम्परा बचाएर राख्नु पर्छ |४|

फेरिनु छ समाज अझै जाग्नु पर्छ नारी पुरुष 
कुरीति र कुसंस्कार हटाएर राख्नु पर्छ |५|


संजय कुमार खड्का 
रामेछाप देउराली -८ 
हाल : साउदिअरब

Wednesday, October 3, 2012

गजल -संघियता आफ्नै खोज्यो फट्याङ्राले पनी

गजल
 

संघियता आफ्नै खोज्यो फट्याङ्राले पनी 
गुलेलीकै राज्य रोज्यो मट्याङ्राले पनी|१| 

पस्किएको भात सम्झी राज्य बाँढ्ने दाता
लाटो राज्य खोज्दै छ रे लट्याङ्राले पनी|२|

Saturday, September 22, 2012

गजल :-तिम्रो मेरो प्रेम् कहानी लेखुँ कि नलेखुँ

गजल :-






तिम्रो मेरो प्रेम् कहानी लेखुँ कि नलेखुँ
आँसु झर्ने जिन्दगानी लेखुँ कि नलेखुँ



दिन् त तिम्रै याद् मा बित्छ अनिदो भो रात
सधैँ भिज्ने भो सिरानी लेखुँ कि नलेखुँ


Thursday, September 20, 2012

गजल :पहाड जति तेरो भन्छन्, तराई सबै मेरो भन्छन् ,

 गजल :-







महंगीले नेटो कट्यो, बाँच्नै गाह्रो भयो हजुर !
ओठभरि खुशी फूलाई, हाँस्नै गाह्रो भयो हजुर|1|



बग्छ आँसु सिसासरी चर्किएर दुख्दा छाती ,

परेलीमा स्वप्नसुन्दर साँच्नै गाह्रो भयो हजुर|2|


Sunday, September 9, 2012

गजल- तर अब बचनले मारे पनि खुशी हुन्छु


   गजल :-



तिम्रो जीत हुन्छ भने हारे पनि खुशी हुन्छु
आँखाबाट जति आँशु झारे पनि खुशी हुन्छु।।


जिन्दगीको गोरेटोमा धेरै छायाँ भेटें मैले
अब भने जति घाम पारे पनि खुशी हुन्छु।।


Saturday, September 8, 2012

गजल ;-आँशुले भिजेको सिरानी छ म संग

गजल 




मंञ्चन अघिको काहानी छ म संग 
आँशुले भिजेको सिरानी छ म संग|१| 


सक्दिन उड्न म फिजाएर पंखेटा
अवधी नाघेको राहादानी छ म संग|२| 



Thursday, September 6, 2012

गजल :- धेरै कथा तिम्रो मेरो लेखिदो छ साथी


गजल :-











 धेरै कथा तिम्रो मेरो लेखिदो छ साथी 
च्यातिएर पुरानो याद मेटिदो छ साथी|१ |


समयको हुरी थियो संगै बतासिने 
दिनहरु संघर्षमा बाँडीदो छ साथी   |२ |


मिर्मिरेले रात मेट्यो कहाँ पाउनु ती दिन् 
नयाँ नयाँ मित्रता पो झाँगिदो छ साथी  |३ |

गजल :-उन्ले सोधे मेरो बारे मर्यो भन्दिनु है


गजल:-








उन्ले सोधे मेरो बारे मर्यो भन्दिनु है
तिम्रै कारण उस्ले प्राण हर्यो भन्दिनु है|१|



तिम्रो पिरतीमा भाँजो हाल्ने पापी
साँढे सातको दशा अब टर्यो भन्दिनु है|२|



खुन सँग पैसा साँटे पैसा सग बैश उन्ले
यस्तै के के सोची बाच्न डर्यो भन्दिनु है|३|



Wednesday, September 5, 2012

गजल :-सक्छौ भने मेरो माया मारेर हेर

गजल :-




सक्छौ भने मेरो माया मारेर हेर 

जिते पछी खुसी हुन्छ हारेर हेर  |१ |



ठुलो घर बस्छौ र त घमण्ड गर्छौ


सक्छौ झुपडीमा बास सारेर हेर  |२|

गजल -कुरा गर्ने मन त् थियो तिम्रो फुर्सद् हुन्न रैछ


गजल-



कुरा गर्ने मन त् थियो तिम्रो फुर्सद् हुन्न रैछ
 तिम्रो छायाँ दिल भित्र पखालेर धुन्न रैछ |१|


ढुंगा माटो बराबरी राम्रो घर बनाउन
 पहिरो नै चले पनि तिम्रो मन रुन्न रैछ |२|

गजल :-आफ्नो भाग्य आफ्नै आधारमा खोज्नू


गजल:-




आफ्नो भाग्य आफ्नै आधारमा खोज्नू
जीत हुन्छ पक्कै र त हारमा खोज्नू   ।१।

पिंढा संगै खेल्ने  बानी भए देखि
कता कता छोयो तिनै मारमा खोज्नू ।२।

Tuesday, September 4, 2012

गज़ल "गाइेने दाइ"


गज़ल "गाइेने दाइ"        




सारँगीको  धुनसँगै   रुन्छ गाइेने दाइ

मनको ब्यथा रित्त्याएर धुन्छ गाइेने दाइ |1|

मेचीकाली,पूर्व पश्चिम,जोडी सिमा, साँध 

तार रेट्दै देशको ब्यथा गुन्छ गाइेने दाइ |2|

गजल -मुटु भित्र एउटी परी पसेकी छिन्


****गजल****
.




हिजोआज  मुटु भित्र  एउटी परी  पसेकी छिन् 
मेरो मनको  मझेरीमा मुस्कुराउँदै बसेकी छिन्  |1|

.
म के बयान  गरु उनको  यी गजलका  सेरहरुमा ,
लाग्छ उनी स्वर्ग बाट यो धरतीमा खसेकी छिन् |2|



गजल :- निर्मला अवस्थी


गजल :-अप्ठेरोमा परें  भने थाम्नु   हात मेरो





सातै जन्म हुनु है त तिमी साथ मेरो
अप्ठेरोमा परें  भने थाम्नु   हात मेरो।१।


जुनी जुनी बाँच्छ माया समर्पण भए
साँच्चै हो यो तिमी पनि मान बात मेरो।२।

Sunday, February 19, 2012

गजल -अज्ञात पाल्पाली(gajal )

गजल:-


यी आँखाका नानी तिमी
म राजा हुँ रानी तिमी  |१|

पीडा सबै आफै लिन्छौ
सबै भन्दा ज्ञानी तिमी|२|

लोभ लाल्चा छैन कत्ति
धेरै   धेरै  दानी   तिमी|३|

उकाली र ओराली मा
प्यास मेट्ने पानी तिमी|४|

जता ततै चर्चा तिम्रो
रुपको त खानी तिमी|५|

अज्ञात पाल्पाली

Thursday, February 16, 2012

सदस्य देखि संसद बिक्री हुन्छन् - राज अविरल यात्री

गजल :- 


देशमा बिभिन्न यि पद बिक्री हुन्छन् ।
सदस्य देखि  संसद बिक्री हुन्छन् ।।


एकै नासे पाउनु हुन्न छान्नलाई ।
होचो अनि अग्लो कद बिक्री हुन्छन् ।।

धेरै भए जनतामा झुक्याउने कुरा ।
क्रान्तिका नारा नगद बिक्री हुन्छन् ।।

हत्यारा भ्रष्ट सफाई पाई छुट्छन् ।
लाग्छ न्यायको अदालत बिक्री हुन्छन् ।।



राज अबिरल यात्री
15 FEB 2012
KANYAM ILAM.

चल्ने हुरी चल्दै गरोस् शान्ति नभड्कीयोस्

गजल:-






आकाश गर्जे गर्जोस् अब बन्दुक नपड्कीयोस्
चल्ने हुरी चल्दै गरोस् शान्ति नभड्कीयोस्   |१|

कती बस्नु बेखुशीमा  रोपौ  खुशी अब 
त्यो खुशीको हलो फाली कतै नअड्कीयोस्  |२|

कुरा मिल्न जारी बैठक् मन्मोटाबले भरी 
मुल बाटो छाडी शान्ति अन्तै नफड्कीयोस् |३|

आलो घाउ पुरिदैछ रगत पनि सुक्दै  
निको हुँदै गा'को ढाड फेरी नसड्कीयोस्    |४|

 झुक्नु दिन्नौ शीर कैल्यै धैर्य गर्छौ तर,
शान्ति देख्ने हाम्रा चाह त्यसै नतड्पीयोस्  |५|

Wednesday, February 15, 2012

गजल : कर्छ र दिनै पर्ने नदिन नि सक्छु

गजल : कर्छ र दिनै पर्ने नदिन नि सक्छु





म आफ्नै छायाँलाई कुल्चिन नि सक्छु
म यात्रा कहि अन्तै बद्लिन नि सक्छु


सबैमा तिम्रो जस्तै धोका दिने माया,
हुँदैन हुन्छ कतै झुक्किन नि सक्छु


मेरै हो मैले गर्ने म भित्रको माया
कर्छ र दिनै पर्ने नदिन नि सक्छु


दु:खमा नभुलौंला भुलाउँने सुख
बिर्सन लागेकहीं सम्झिन नि सक्छु


म हुँ त्यो कहानीको आरम्भ र अन्त्य
कसैको गजलमा रचिन नि सक्छु||
नबराज घिमिरे 

Tuesday, February 14, 2012

आज भोलि यो देशको शिक्षामा व्यापार हुन्छ


           गजल:-


आज भोलि यो देशको शिक्षामा व्यापार हुन्छ ।
आयोग र नियोगको परिक्षामा व्यापार हुन्छ ।।


कहाँ पुगेको छ भनेकै ठाँउमा ति सहयोग ।
दाताको अनुदान अनि भिक्षामा व्यापार हुन्छ ।।

माया एकातिर लाउँछन लगन अन्तै जोड्छन ।
सत्यप्रेम गर्नेहरुको प्रतिक्षामा व्यापार हुन्छ ।।


धेरै कुराहरु छन बाटो बिराई चलेकै छन ।
चर्च गुम्बा मन्दिरको दिक्षामा व्यापार हुन्छ ।।


1 FEB 2012
KANYAM , ILAM .

Sunday, February 12, 2012

(यौटा अर्को प्रयोग .....! नयाँ छन्दको न्वारन......!!


हाम्रा आदरणीय गुरु पोस्ट राज चापागाई 

सरले कोर्नु भएको नया छन्दको जन्म र

 प्रयोग पढ्न नभुल्नु होला |




,,,,गजल,,,,

अभिशाप जस्तो सपना छ यौटै...
बरबाद भा'को घटना छ यौटै...

मझधारमा त्यो प्रितको छ नाउ
कसरी उतार्ने ? बहना छ यौटै...

मधुमास आयो ! तर फूल मेरो 
दिलमा नफुल्दा धरना छ यौटै...

निदुली प्रियाको प्रित याद गर्ने 
बिपना बनेको डसना छ यौटै...

सुनघाम लागी कति 'राज' खुल्दा 
पनि छुप्नु पर्ने  अदना छ  यौटै...

छन्द - राज 
llS lSS llS lSS

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल