साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Tuesday, October 23, 2012

ग्यास्टीक/अल्सर विमारीलाई घरेलु उपचार विधी


अल्सर अहिलेको मानिसहरुमा ग्यास्टीक बढ्दो छ । समयमा खाना नखानाले, खाना खाए पनि भोको पेटमा चिल्लो पदार्थ भएको खाना खाँदा त्यो चिल्लोले गर्दा ग्यास्टीक बढ्दै जान्छ ।यसरी आमासयको खाना नलिमा जोडिएको सानो आन्द्राको मुखमा घाउ बन्न सक्दछ । आन्द्रामा प्वाल पर्यो भने अल्सर रोग लाग्दछ । यो अलि बढि नै खतरा रोग हो । मानिसहरुले खानपानको लापारवाहीले गर्दा यो रोग हुन सक्दछ । यो पाचन प्रणालीसँग जोडिएको हुन्छ ।

Thursday, October 4, 2012

गजल -72 -हाँसो सधै रहन्न के जोगाएर राखे राम्रो


गजल :-










हाँसो सधै रहन्न के जोगाएर राखे  राम्रो
आखाँ लाग्छ पराइको लुकाएर राखे  राम्रो |१|


चिन्ता लिन्न भने पनि आफै आउछ घरी घरी
स्वस्थ बन्न पीर बेथा दबाएर राखे  राम्रो  |२|


 थरी थरी मान्छे हरु संस्कार पनि फरक फरक 
छानि-छानि असल खराब् पचाएर राखे  राम्रो |३|


विज्ञानको हावि हुदै जमाना त्यो बद्ले पनि 
संस्कृति र परम्परा बचाएर राखे  राम्रो  |४|


फेरिनु छ समाज अझै जाग्नु पर्छ नारी पुरुष
 कुरीति र कुसंस्कार हटाएर राखे  राम्रो  |५|


 रदिफ फरक गरिएको गजल :-

हाँसो सधै रहन्न के जोगाएर राख्नु  पर्छ
 आखाँ लाग्छ पराइको लुकाएर राख्नु पर्छ |१|

चिन्ता लिन्न भने पनि आफै आउछ घरी घरी
स्वस्थ बन्न पिर बेथा दबाएर राख्नु पर्छ |२|

थरी थरी मान्छे हरु संस्कार पनि फरक फरक 
छानि-छानि असल खराब् पचाएर राख्नु पर्छ |३|

विज्ञानको हावि हुदै जमाना त्यो बद्ले पनि 
संस्कृति र परम्परा बचाएर राख्नु पर्छ |४|

फेरिनु छ समाज अझै जाग्नु पर्छ नारी पुरुष 
कुरीति र कुसंस्कार हटाएर राख्नु पर्छ |५|


संजय कुमार खड्का 
रामेछाप देउराली -८ 
हाल : साउदिअरब

कथा - फेरि मेरै कोखबाट जन्म लिनु(आमाको कथा)


शिर्षक: फेरि मेरै कोखबाट जन्म लिनु(आमाको कथा)
लेखक Sp Mathawor

मलाइ अल्पआयुमै छाडिजाने मेरा मुटुका दुइ पाटाका दिवंगत छोराहरु ।आशा त थियो तिमिहरु मेरो साथमा सदैव रहनेछौ ।तर मेरो दुर्भाग्य तिमिहरु मेरै काखबाट जन्म लिए पनि हुर्के पनि मेरो भागमा त्यो दिन देख्न लेखेको रैनछ ।कुमार जेष्ठ सुपुत्रको रुपमा जन्मिए पछि खुसिको सिमा रहेन ।असारको महिना थियो भारि जिउले गाइ गोठको हिलो सेहार गरेर एउटि सुत्केरिको आशिष थाप्न सोत्तरको बडेमाको डोको बिसाएको केहि छिनमै तिमिले यस पृथ्विमाआगमन गरेका थियौ ।जतिसुकै प्रसव पिडा भएपनि आफ्नो भविष्य आफ्नो कोख हेर्दा आनन्द विभोर भएकि थिए ।कमजोरि तिम्रो आगमनले गर्दा धेरै वेर गदगद भएको थियो शरिर ।खुसिको उत्कर्ष थियो हाम्रो घरमा ।

Wednesday, October 3, 2012

गजल -संघियता आफ्नै खोज्यो फट्याङ्राले पनी

गजल
 

संघियता आफ्नै खोज्यो फट्याङ्राले पनी 
गुलेलीकै राज्य रोज्यो मट्याङ्राले पनी|१| 

पस्किएको भात सम्झी राज्य बाँढ्ने दाता
लाटो राज्य खोज्दै छ रे लट्याङ्राले पनी|२|

Sunday, September 30, 2012

Arthrities भनेको के हो ? र कसरी बच्ने त् ?



Arthrities भनेको के हो ? 


                   Arthrites भन्नाले हाम्रो शरीरमा भएका जोर्नी हरु को सुजन वा क्रम्बद्द्ता टुट्नु लाइ नै Arthrities भनिन्छ |हाम्रो शरीरमा दुइ अलग -अलग हाड लाइ जोडेर राख्ने मांशपेशी र हाड जोडिने ठाउ हुन्छ जसलाई जोर्नी (joint)भनिन्छ |जसले गर्दा हाम्रो शरीरका भागहरु चलाउन मद्दत गर्छ | यसैले artharites भन्नाले एक वा धेरै जोर्नी हरु को सुजन हुने साथै क्रमबद्द्ता भंग हुनु लाइ arthrites भन्निछ artharites मा खास गरि दुखाइ रहने भएकाले यसलाई जोर्नीको दुखाइ भनेर पनि साधारण तय: बुझिन्छ |
Arthrites खास गरी १०० थरी भन्दा बढी पत्ता लागिसकेका छन् |संसारमा  झन्डै ३५ करोड  मानिस लाइ यो रोग ले असर गरेको छ  |जसमा हाड लाइ जोडेर राख्ने मांशपेशी (cartilage)च्यातिने आधारमा ,शरीरको प्रतिरक्षात्मक प्रणाली (auto immune system ) खराब भएर ,कुनै ब्याक्टेरिया वा भाइरस को सक्रमण भएर ,बंशानुगत कारण र कतै चोटपटक (injury) लागेर Arthrites हुने गर्दछ |Arthrites धेरै थरिको भए पनि मुख्य गरी दुई  किसिम को हुन्छ :-

Wednesday, September 26, 2012

मुटु रोग लाग्दा के गर्ने र के नगर्ने ?

 मुटु रोग भनेको के हो ?


      मुटु रोगलाई सुषुप्त हत्यारा भन्न थालिएको छ। मुटु र रक्तनलीसम्बन्धी रोग गम्भीर प्रकारका  हुन्छन्। त्यसबाट मानिसको तत्काल मृत्युसमेत हुन सक्छ। उपचार खर्चिलो र जटिल छ। तर, रोगबाट बच्ने उपाय भने अपेक्षाकृत सस्तो, सजिलो र सुलभ छन्। यस वर्षको विश्व मुटु दिवसका नारा र प्रचार सामग्री विशेष गरी महिला र केटाकेटीप्रति लक्षित छन्। मुटुरोगबाट बच्ने उपाय घरबाटै सुरु गर्नुपर्ने र घरका महिला यसमा सजग भएमा परिवारका सम्पूर्ण सदस्यलाई नै रोगबाट बचाउन सकिने हुनाले विश्व मुटु महासंघले यस्तो कार्यक्रम ल्याएको हो। महासंघको अगुवाइमा हरेक वर्ष सेप्टेम्बर २९ का दिन मुटुरोग र यसबाट बच्ने उपाय सम्बन्धमा जनचेतना जगाउन विश्व मुटु दिवस मनाइन्छ।


मुटु र रक्तनलीसम्बन्धी रोग विभिन्न प्रकारका छन्। जस्तै : कोरोनरी मुटुरोग र हृदयाघात, मुटुको बाथरोग, जन्मजात हुने 

मुटुको रोग, उच्च रक्तचाप, मस्तिष्कघात आदि। कोरोनरी मुटुरोग र हृदयाघात आजका जल्दाबल्दा समस्या हुन्। रोगको पहिचान र उपचार पद्धतिमा भएको ठूलो प्रगतिका बाबजुद अझै पनि एकतिहाइभन्दा बढी मानिसको पहिलो हृदयाघातमा नै मृत्यु हुन्छ। केही दशकअगाडिसम्म बुढ्यौली र धनी मानिसको रोग भनेर चिनिए पनि अचेल युवा उमेरका, मध्यम र निम्न आर्थिक अवस्था भएका मानिसमा समेत यो रोग देखिन थालेको छ।

Saturday, September 22, 2012

गजल :-तिम्रो मेरो प्रेम् कहानी लेखुँ कि नलेखुँ

गजल :-






तिम्रो मेरो प्रेम् कहानी लेखुँ कि नलेखुँ
आँसु झर्ने जिन्दगानी लेखुँ कि नलेखुँ



दिन् त तिम्रै याद् मा बित्छ अनिदो भो रात
सधैँ भिज्ने भो सिरानी लेखुँ कि नलेखुँ


ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल