साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Friday, September 23, 2011

तातो खानाका लागि

तातो खानाका लागि

चाडपर्वको समयमा घरमा आफन्तहरूको आउजाउ बढी हुन्छ। भेटघाट तथा गेट टुगेदरले घरको वातावरणमा रौनक थपिन्छ। अफिसको कामको तनावबाट टाढा साथीभाइसँगको भेटघाटमा मन पनि अत्यन्त प्रसन्न हुन्छ। फुर्सदको समय खानपानमा रमाउनुको मज्जा बेग्लै हुन्छ। घरमा आएका आफन्त तथा इष्टमित्रलाई खानपिन गराउन हरेक घरका महिला व्यस्त हुन्छन्। खाना तयार पार्ने, पाहुनालाई सर्भ गर्ने, उनीहरूले चाहेको कुरामा ध्यान दिने काममै उनीहरूको समय बित्छ। यस्तोमा उनीहरूले पार्टीको भरपुर आनन्द लिन पाउँदैनन्। एकातिर कामको भार हुन्छ भने आफ्नै घरमा भएको पार्टीमा पनि खुलेर मज्जा लिन नपाउँदा सबैको मन खिन्न हुन्छ। त्यस्तो हुन नदिन योजनाबद्ध रूपमा काम गर्नुपर्छ।

पार्टी गर्नुभन्दा पहिले आफूले के गर्नुपर्छ तथा कसरी काम गर्ने भन्ने कुराको योजना बनाउनुपर्छ। पार्टीका लागि आवश्यक स्न्याक्स, डि्रंग्स आदि पार्टी सुरु हुनुभन्दा पहिले नै तयार गर्नुपर्छ।

- खाना तयार भएपछि फ्रेस भएर निस्कने।

- कुनै पनि खालको तनावबिना हाँसी-हाँसी पाहुनाको स्वागत-सत्कार गर्ने।

- तयार भएको खाना तात्तातो सर्भ गर्ने।

हटकेस

खाना तयार भएपछि हटकेसमा राख्ने। यसले खाना तातो राख्न सहयोग गर्छ। हटकेस राम्रो कम्पनीको लिनुपर्छ। नराम्रो पर्‍यो भने खानेकुरा लामो समयसम्म तातो रहँदैन।

माइक्रोओभन

माइक्रोओभनले महिलाहरूको दैनिक जीवनलाई सरल बनाएको छ। यसले गर्दा खाना तताउन कुनै चिन्ता लिनु पर्दैन। हरेक परिकार तयार भएपछि सर्भिङ बाउलमा हालेर माइक्रोओभनमा राख्न सकिन्छ। यसलाई खानुभन्दा पाँच मिनेटअघि निकाल्ने। चिसो भएको हरेक खानालाई यसमा तताएर सर्भ गर्न सकिन्छ। यसले खानाको मज्जा दिनुका साथै पार्टीको आनन्द लिन पनि सहयोग गर्छ। सबै खानेकुरा एकैपटक तताउनु हुँदैन। विस्तारै थोरै-थोरै गर्दै तताउनुपर्छ। किनभने हरेक पाहुना आउने समय एउटै हुँदैन। एकैपटक तताएको खाना सेलाउन सक्छ। त्यसैले पाहुनाको चाप हेरेर सोहीअनुसार खाना तताउनुपर्छ। यदि घरमा माइक्रोओभन सेफ डिभाइडर बाउल छ भने एकैपटकमा ३-४ वटा खाना राखेर तताउन सकिन्छ।

राइसकुकर

राइसकुकरमा चामलबाहेक पनि अरू धेरै कुरा पकाउन सकिन्छ। उदाहरणका लागि राजमा, मटर पनिर, दालजस्ता पार्टीमा अत्यधिक पकाइने खानेकुरा तातो राख्न सकिन्छ। यसमा खाना राख्दा लामो समयसम्म तातो रहन्छ। यदि चिसो भए पनि सजिलै तताउन सकिन्छ। यसमा भएको वार्म वटम अन गर्दा खाना तातो मात्र हुँदैन यसले तलदेखि माथिल्लो लेभलसम्म खाना तताउँछ। यसमा खानाको स्वाद उस्तै रहनुका साथै तातो खानाको मज्जा पनि लिन सकिन्छ।

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल