साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Friday, October 14, 2011

देउराली बिशेष

देउरालीमा चढाउन फूलपाती साँचे मैले
साथी सबै बैरी भए कस्को मन भाँचे मैले |

मेरो झुप्रो कहिले काही टेकी दिए हुन्थ्यो होला
साथी हरु डाक्न भनी रमाइ रमाइ नाँचे मैले ||
...
केही गर्न नसक्दामा आत्मा देखी घिर्णा लाग्छ
साथी भाई सारा सम्झी सम्हालेर बाँचे मैले ||

बेदना र बिरहले मुटु मेरो भरिदिदा
चोट सबै छुपाएर अरु सामु हाँसे मैले ||

बिचबाटोमा छोडिगए सँगै हिडौ भन्ने हरु
मुटु भरी ढुङ्गा राखी न्यानो माया गाँसे मैले ||


सञ्जय कुमार खड्का
हाल : साउदीअरब
रामेछाप देउराली -८

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल