साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Sunday, December 11, 2011

गजल - बोल्न पैसा पर्छ भने

 गजल 

बोल्न पैसा पर्छ भने एक दुइ पैसा दिन्छु बरु
पैसाले नै पेट भरे हाँसो अब किन्छु बरु |१|

ढुंगा जस्तो तिम्रो मन कसो गरी पगालु खै
आधा गरी लिन पाए पागालेर लिन्छु बरु |२|

पराइले दिने भयो सुनको बाला कुलको पानी
मेरो घरमा नुन छैन खालि खुट्टा हिन्छु बरु |३|


जाने मान्छे बाटो लाग्नु म कसरी भनु अब
धन् सम्पति लगे हुन्छ भाग्य रेखा छिन्छु बरु |४|


खुशी हुनु सधै भरी रमाउनु हाँसी हाँसी
मैले गर्ने रीस बरु सिलौटामा पिन्छु बरु |५|


संजय कुमार खड्का
रामेछाप देउराली -८
हाल  : साउदीअरब

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल