साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Thursday, February 16, 2012

चल्ने हुरी चल्दै गरोस् शान्ति नभड्कीयोस्

गजल:-






आकाश गर्जे गर्जोस् अब बन्दुक नपड्कीयोस्
चल्ने हुरी चल्दै गरोस् शान्ति नभड्कीयोस्   |१|

कती बस्नु बेखुशीमा  रोपौ  खुशी अब 
त्यो खुशीको हलो फाली कतै नअड्कीयोस्  |२|

कुरा मिल्न जारी बैठक् मन्मोटाबले भरी 
मुल बाटो छाडी शान्ति अन्तै नफड्कीयोस् |३|

आलो घाउ पुरिदैछ रगत पनि सुक्दै  
निको हुँदै गा'को ढाड फेरी नसड्कीयोस्    |४|

 झुक्नु दिन्नौ शीर कैल्यै धैर्य गर्छौ तर,
शान्ति देख्ने हाम्रा चाह त्यसै नतड्पीयोस्  |५|

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल