साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Saturday, February 4, 2012

उमेरनै ढल्की गयो हाँस्दा गाला चाउरी परे

मेरो आजको गजल -५३






उमेरनै ढल्की गयो हाँस्दा गाला चाउरी परे
आधि पाटो लुगा लाउने अचेलका छाउरी परे  |१|



रीति रिवाज् छोड्न थाले फेसनको नाम गरी
खस्ला जस्तो पाइन्ट लाउने सुकेर पो दाउरी परे |२|

 लेख तिर बस्ने हरु  मोटा घाटा  राता गाला
पातली भै हिड्ने हरु शहर मा झ्याउरी परे  |३|


भारी काम गार्हो होला  बसी बसी पैसा मिल्ने
गुलियोमा सबै चुम्ने   मह दिने माउरी परे  | ४|



जावानीमा कति आए  मै हु भन्ने मर्द पनि
बेला ढल्क्यो हेर्न छाडे अब चाही फ्याउरी परे  |५|



सञ्जय कुमार खड्का
रामेछाप देउराली -८

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल