साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Showing posts with label दशैँ बिशेष गजल. Show all posts
Showing posts with label दशैँ बिशेष गजल. Show all posts

Saturday, October 1, 2011

दशैँ बिशेष गजल

आदरणीय मेरा मित्र हरु मेरो आजको गजल -२९ नजिकिदै गएको दशैँ को बारेमा कोर्ने प्रयाश गरेको छु | हजुर हरुको सल्लाह र सुझाब मेरो गहना हो |







दशैँ आयो बर्ष दिनमा धनीलाई त माल भयो
कस्तो खालको चाड आयो गरीबलाई काल भयो ||


बुढी आमा बाटो कुर्छिन छोरा आउने दिन गनी
आशिष थाप्न नपाउँदा आज यस्तो बेहाल भयो ||


परम्परा धानी राख्न दशैँ मानौ सदभावले
धेरै आशिष कसले थाप्ने होडबाजी चाल भयो ||


द्वन्द कालमा दशैँ मान्न नपाएका सबै हामी
हाँसी खुशी चाड मान्ने आनन्दको साल भयो ||


बाध्याता र बिबशताले परदेशमा भए पनि
बडाजनको आसिष संगै टिका रंग लाल भयो ||


संजय कुमार खड्का
हाल :साउदीअरब
रामेछाप देउराली -८

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल