साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Monday, December 5, 2011

गजल कल्पना भाबुक


गजल

by कल्पना भाबुक on Monday, December 5, 2011 at 2:02pm





के भनेर चिन्छौ मलाइ मेरो  कुनै  नाउँ छैन
घुमन्ते भै बित्यो जीवन बास बस्ने ठाउँ छैन। 
~
न त छोड्न सके छाप न त कुनै इस्ट मित्र
बेवारिसे भा'छु आज  उपमा त्यो गाउँ छैन। 
~
चल्छ  यहाँ नेताको  नाम कि त हुनु पर्छ डाका
सभ्य मानब भई बस्दा त्यसको कुनै भाउ छैन। 
~
कलि युग लागेको छ पशु देखि प्राणी सम्म
कोरलिन्छन  चल्लाहरु खोजि गरे माउ छैन। 
~
तस्करीको लामो ताँती दिनदहाडै अशुरक्षित 
खोर  भित्र जाकुँ  भने  समाउँने  दाउ छैन। 
~
निस्वार्थी छ आमा सब्द बोकी हिड्छिन लालाबाला 
जात  भने   मनुषको छ  खोजि  गरे बाउ छैन । 
~
बल्झी बल्झी दुखि रैछ नेपाल आमा तिम्रो मुटु
खोक्रो  पारे  धमिराले  देख्ने कुनै  घाऊ छैन  । 
~
कल्पना भाबुक 
काठमाडौं 
हाल ; इजरायल

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल