साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Friday, December 2, 2011

आजको गजल - ४३

आजको गजल - ४३


आदरणीय मित्र हरु मैले द्वन्दकालमा दुख पाएका मन हरुको बेथा लाइ संगालेर मैले आजको गजल - ४३ कोर्ने प्रयाश गरेको छु | यहाँहरुको सल्लाह र सुझाब हरु दिनु हुने छ भने मेरो आशा छ |

द्वन्द कालमा कति मरे सम्झि मन भाँच्न पर्ने
मर्ने हरु मरी गए   जिन्दा  हरु  बाँच्न   पर्ने |१|

पिर पर्नु कति पर्यो    ज्यान सुकी त्यान्द्रो भयो
बच्चाको त्यो मुख हेरी जिन्दगी नै साँच्न पर्ने |२|

बिछ्यौनामा संगै सुत्या दुवै जना लोग्ने स्वास्नी
हेर्दा हेर्दै गुमाउदा     एक्लो बनि  नाँच्न  पर्ने |३|

कस्को मन रुन्न होला  आफन्तनै गुमे पछि
रुदा रुदा शान्त बनि आफ्नै मन जाँच्न पर्ने |४|

बिछोडमा मुटु टुट्यो गास्न अब कहाँ जाने
जसो तसो छिद्र मुटु खुशी हुदै साट्न पर्ने |५|

संजय कुमार खड्का
रामेछाप देउराली -८
हाल : साउदीअरब

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल