साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Saturday, February 11, 2012

गजल - थोत्रो कट्टु मन्त्रीजीको धान्नै पर्यो

 हाम्रा आदरणीय मित्र "ठिस बुढा शैलेश " जी को ठट्यौली पाराको गजल हेर्न नभुल्नु होला |



             गजल





याँ आनन्दै छ जिंदगी, बाँच्नै पर्यो
आधा रातमा पानी तान्न जाग्नै पर्यो ॥

उठे देखीन सुते सम्म बाँच्ने आधार
पापी पेटको मुसा दौडमा नाच्नै पर्यो ॥

सलहले कुर्सी बाहेक सबै खायो
थोत्रो कट्टु मन्त्रीजीको धान्नै पर्यो ॥

नेपाल ठाममा गोरख बिर्से धंदा संझे
बन्दुक बोक्ने देवता जस्तै मान्नै पर्यो ॥

ऐठनवादी डाँका बन्छन राष्ट्रकारी
बिदा दिनुस, बाँच्न मुंगलान भास्नै पर्यो ॥

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल