साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Friday, February 10, 2012

दिनभरी काम गर्दा साँझ खाने माम छैन- कल्पना अवस्थी

गजल ‍‍‍--- १५९













दिनभरी काम गर्दा साँझ खाने माम छैन
माम किन्न पनि हेर खल्तीभित्र दाम छैन  |१|

बत्ती बिना अन्धकारमा चलि रा'छ रातहरु
एसो दिए जस्तो गर्छ, प्राधीकरणको काम छैन |२|

जनताको दु:ख बुझ्ने भएनन् नि कोही नेता
रावणको भेष सबको लाग्छ कोई राम छैन |३|

पार्टी कुर्सी सबैलाई प्यारो छ नि नेपालमा 
कैले भन्न पाईएला बन्द अनि जाम छैन   |४|

भोको नाँगो लडी रा'छन् यो जाडोमा खान नपाँई
न्यानोपनको आभाष दिने अब कुनै घाम छैन |५|

यो "कल्पना" फर्कु भन्छे बिदेशको मोह छोडी
सोध्दा भन्छन् उतै बस ,यो देशमा ठाम छैन|६|

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल