पखाला(Diarrhoea)
पखला लाग्यो भनेको हामीले सुनेका र आफैले पनि भोगेकाले यो रोगमा दिनभरि दिसा लाग्छ, दिसाबाट पातलो पानी जस्तो तरल पदार्थ बग्दछ । यसले मानिसलाई साह्रै दुःख र हैरानी बनाउँदछ ।खासगरी दिनमा तीन देखि चार पटक भन्दा बढी पातलो दिशा लाग्यो भने यो पखाला वा रातो आउ पर्यो भने रातो मासी पनि भनिन्छ |
पखाला रोग लागेको कसरी थाहा पाउने ?
- पखला लाग्नुभन्दा पहिला बिस्तारै पेट दुख्नु।
- कहिले थोरै गाढा त कहिले पातलो पानी जस्तो दिसा आउनु।
- पखाला लाग्दा चौलानी जस्तो सेतो आउ आउनु |
- कहिले काही पखाला लाग्दा रातो आउ वा रातो मासी पनि आउँ सक्छ |
- दसा आउँदा पातलो भै पानी जस्तो पिचीरीक्क आउनु।
- दिशा बसी सके पछी पनि फेरी बसु बसु जस्तो लाग्नु (Tinusmus ) हुनु |
- पेटमा दुखे जस्तो हुनु ।
- जिब्रोमा सुख्खापन देखिनु।
- पानीको प्यास लग्नु।
- हिँड्न गाह्रो भै जहाँ पायो त्यहिं बसौँ जस्तो हुनु।
पखाला लाग्नुको कारण:-
- मौसमको परिवर्तनको कोरणले‚ कहिले तोतो र कहिले चिसो हुनाले ।
- सडे गलेको बासी ढुसी परेको खानेकुरा खानाले ।
- आफ्नो पाचन शक्तिले पचाउन नसक्ने खानेकुरा खाएमा ।
- पचाउन नसक्ने खानेकुरा तेलमा तारेको भुटेको, भट्मास, चिल्लो खानेकुरा, धेरै नुनिलो, धेरै पिरो र मसला धेरै भएको खानेकुराले गर्दा ।
- खाना खँदा धेरै खानु पहिला खाएको खानेकुरा नपच्दै खाना खानु ।
- दूषित पानीको प्रयोगले पेटमा जुका परेको कारणले ।
- मुख्य कारण साबुन पानीले हात नधोइकन खाना खानाले ।
पखाला लाग्यो भने के खाने त ?
- जीवनजलको पानी सकेसम्म पिउने ।
- खाना खाँदा भात, दही अथवा नरम खालको जाउले खानु पर्छ ।
- झोलिलो पदार्थ जस्तै चामलको चौलानी, मसुरोको दाल अथवा कुनै गेडागुडीको रस बनाएर पिउनु पर्दछ ।
- लौकाको तरकारी अथवा दहि फिटेर खाने ।
- जुसमा कागती,अनार, मौसम, सुन्तलाको रस खाने ।
- जीवनजल नभएको खण्डमा एक चम्चा चिनी र एक चिम्टी नुन मिसाएर पानी बनाई पिउने ।
- काँक्रो अथवा पाकेको मेवा, गुलियो स्याउदाना खानुपर्दछ ।
- अहिले बजारमा सर्वत्र पाइने बेलको सर्वत बनाएर खाँदा पनि हुन्छ ।
- बजार मा धेरै थरिका झाडा पखालाका औषधि पाइन्छ तर दिशा चेक गरेर मात्र औषधि खाए राम्रो हुन्छ यदि हामि कहाँ ल्याब को ब्यबस्था छैन भने हामीले (MetronDF500 mg ) ठुलो मान्छे हरु को लागि खान सकिन्छ | बच्चा हरु को लागि पनि यसैको झोल औषधि मात्र मिलाएर खुवाउन सकिन्छ तर स्वास्थ्यकर्मी लाइ सल्लाह गरेर खाँदा राम्रो हुन्छ |
पखाला लागेमा कस्तो खानेकुराहरु नखाने ?
- पेयपदार्थको रक्सी, चिया, कफी र दुध नपिउने ।
- फ्रिजमा राखेको खानेकुरा बाहिर निकालेर तुरुन्तै नखाने ।
- अमिलो अचार, आलु, भान्टा कोभी नखाने ।
- सलादमा केही समय पहिल्यैदेखि काटेर राखेको सलाद नखाने ।
- झिंगा बसेको खुल्ला नछोपिकन राखेको धुलो मैलो परेको खानेकुरा नखाने ।
- बांसी र सडेगलेका खानेकुरा हरु नखाने |
झाडापखालाको रोकथाम कसरी गर्ने ?
- पिउने पानी उमालेर सेलाएपछि मात्र पिउने ।
- पेटलाई तातो कपडाले छोपेर राख्ने ।
- खाना खानु भन्दा पहिले हातलाई राम्रोसँग साबुनपानीले धोएर मात्र खाने ।
- हातको नङहरु समय समयमा काटी रहने ।
- घरेलु औषधीको रुपमा प्याजलाई पिधेर नाइटोनेर लेप बनाएर लगाउने ।
- दिसा पिसाबलाई रोकेर नराख्ने ।
- कहिले काही चिसोको कारणले गर्दा पनि झाडा पखाला लाग्ने भएकाले चिसो बाट बच्नु नै राम्रो कुरा हो |
- बासि र सडेगलेका खाने कुरा हरु नखाने |
- तरकारी हरु पखालेर वा काँचो तरकारी लाइ तातो पानीले धोएर खाएमा राम्रो हुन्छ |
आदरणीय मित्र हरु झाडापखाला लाग्ने सबैभाना मुख्य कारण पानि ले गर्दा हुने भएकाले पानि शुद्दीकरण र उमालेर खानाले झाडापखाला लाग्ने ९० % कारण बाट बच्न सक्छौ |
संजय कुमार खड्का
स्रोतः- हाम्रो घरको डाक्टर (घरेलु जडिबुटीबाट रोगको उपचार गर्ने विधि)
No comments:
Post a Comment