साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Monday, September 17, 2012

तीते करेला ले कति फाइदा र बेफाइदा जानी राखौ |



तीतेकरेलाको सेवनबाट हुने फाइदा:

खानामा रुचि बढाउँछ । खाएको कुरा राम्ररी पचाउँछ । पेट सफा राख्दछ । कब्जियत हुन दिँदैन । पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई हटाउँछ । रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ । मधुमेह रोगीलाई इन्सुलिनको काम गर्छ । यसले छालासम्बन्धी विभिन्न रोगजस्तै छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ । यस्तै हात खुट्टाका जोर्नी दुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, हैजाजस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ । यस्तै तीतेकरेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावनालाई घटाउँछ ।
औषधिको रूपमा:-


तीतेकरेलाको हरेक भागजस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।
बियाँ -
१) पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ ।
२) साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्ता रोकिन्छ ।
फल -
१) ५० मिलिलिटर तीतेकरेलाको रसमा हिङ अलिकति मिसाएर खाएमा पिसाब सफा भएर निस्कन्छ ।
२) मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहान बेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ ।
पात -
१) तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ । यस्तै आगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ ।
२) तीतेकरेलाको पात आगोमा तताएर सिधेनुनसँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ ।
३) बर्षा याममा हैजा लागेको शङ्का लागेमा वा हैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ ।
जरा -
१) तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।
२) तीतेकरेलाको जराको रसमा बराबर मात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वाससम्बन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ ।
अन्य उपयोगिता
तीतेकरेलाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ ।
तीतेकरेलाबाट हुने साइड इफेक्ट वा बेफाइदाहरु:
१) गर्भवती महिलाले तीतेकरेलाको सेवन गर्नु उचित हुँदैन । यसको सेवनले गर्भवती महिलाहरूको गर्भपतन वा रक्तश्राव हुने सम्भावना हुन्छ ।
२) यसको बढी सेवनले पेट दुख्ने र झाडा हुने सम्भावना हुन्छ ।
३) रक्तअल्पता (एनिमिया) भएका र कमजोर व्यक्तिलाई भने तीतेकरेलाको नियमित सेवनले रिँगटा लाग्ने र अझ कमजोर हुने गरेको पाइन्छ ।
४) तीतेकरेलाको बियाँको घेरामा हुने तत्वले साना बालकहरूलाई विषादिको काम गर्छ ।
निष्कर्ष: 
यसरी तीतेकरेलाबाट हुने फाइदा र बेफाइदालाई ध्यानमा राखी मौसमअनुसार आफ्नो भोजनमा समावेश गरेर यसबाट प्रशस्त मात्रामा पौष्टिक तत्वलिनाका साथै विभिन्न रोगबाट मुक्ति पाउन सकिन्छ |
लेखक : L Nembang Limbu 
फेसबुक बाट शाभर गरिएको 

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल