साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Friday, September 7, 2012

छन्दका गजल सम्बन्धि |

छन्द परिचय
 ( छन्द सिक्न चाहनेहरूका लागि मात्र ....! खास गरी हालसालै निर्माण गरिएका नया-नयाँ छन्दहरू....!!)




छन्द-



छन्दमा वर्णहरूलाई ह्रस्व (L) र दीर्घ (S) गरी दुई वर्गमा विभाजन गरिएको हुन्छ ...(L) लाई लघु भनिछ भने (S) लाई गुरु भनिछ, जस्तै -
क. ह्रस्व वर्णहरु - अ इ उ ऋ स्वर र तिनीहरुसँग जोडिएका सबै क कि कु कृ व्यन्जनहरू
ख. दीर्घ वर्णहरू - आ ई ऊ ए ऐ ओ औ अम् अ: स्वर र तिनीहरूसँग जोडिएर आउने का की कू के कै को कौ कम् क: आदि
ग. संयुक्त व्यन्जन प्रयोग भएका शब्दहरू उच्चारण गर्दा यदि अघिल्ला वर्णले पछिल्ला आधा व्यन्जनलाई तान्यो भने त्यो अघोल्लो वर्ण ह्रस्व भए पनि दीर्घ नै हुन्छ ....जस्तै -
शब्द उच्चारण दीर्घ वर्ण
अम्बा (अम् +बा)...अ दीर्ध
दिन्छ (दिन् +छ)....कि दीर्घ
लुप्त (लुप् + त)....लु दीर्घ





घ. संयुक्त व्यन्जनको प्रयोग भएका शब्दमा पनि उच्चारण गर्दा यदि अघिल्लो वर्णले पछिलो आधा व्यन्जनलाई तान्न सकेन भने चाहिं त्यो वर्ण दीर्घ नभएर ह्रस्व नै हुन्छ .....जस्तै


शब्द उच्चारण ह्रस्व हुने
गन्यो (ग + न्यो)....ग ह्रस्व 
बल्यो (ब + ल्यो)....ब ह्रस्व 
उज्यालो (उ + ज्यालो)....उ ह्रस्व 



ङ. "अन्याय"(अन्+न्या+य) जस्ता शब्दको उच्चारणमा न थप भएका कारण (दीर्घ+दीध+अ) नै मानिन्छन्
घ. पाउका अन्त्यमा ह्रस्व दीर्घ जे भए पनि हुन्छ .....जस्तै - अनि, उही



छन्दमा आठवटा गणहरू हुन्छन...तिनै गणका आधारमा सम्पूर्ण छन्दको निर्माण हुने गर्दछ, छन्दका बारेमा पिंगलले रचना गरेको सजिलो सूत्र छ ...त्यो हो - यमाताराजभानसलगा
अर्थात् -
सूत्र संकेत गण उदाहरण
१. यमाता lSS (य) जमाना
२. मातारा SSS (म) नेपाली
३. ताराज SSl (त) आकाश
४. राजभा SlS (र) भावना
५. जभान lSl (ज) हजार
६. भानस Sll (भ) आँगन
७. नसल lll (न) कमल
८. सलागा llS (स) छहरा
९. ल l (लघु) - म
१०. गा S (गुरु) - यो



अब यिनै सूत्र वा नियम भित्र तल मैले (हामीले ) निर्माण गरेका छन्दहरू पनि पर्छन ! दिइएका सूत्रहरू हेरी अब यहाँ आफैले पनि चाहेको छन्दमा आफ्ना कविता वा गजलहरू कोर्न सक्नु हुन्छ .... जस्तै –


लगानी जस्तो थ्यो कमाई त्यस्तै भो...
बिदाको बेलामा मलाई त्यस्तै भो...
छन्द – सिनीवाली
lSS SSS lSS SSS
य म य म 
(६ अक्षरमा विश्राम,४ र ९ अक्षरमा अर्धविश्राम)



भाग मेरो कहाँ छ खै ? न्याय कस्ले दिलाउला 
प्रदेशको विवादमा 'राज' कस्को हुने भयो ?
छन्द - आत्मगुप्ता
SlS SlS lSS lSS lSl S
र र य य ज गु.
(४ - ४ अक्षरमा विश्राम)



बिदाइको घडी कस्तो ! उड्यो चरी हुँदै टाढा
बिछोडका तिता गुड्का थुकीथुकी पिएँ मैले...
छन्द - तिलोत्तमा 
lSl SlS SSl SlS lSS S 
ज र त र य गु.
(४ -४ अक्षरमा विश्राम )



पृथिविको गर्भमा अमर 'राज' छन् 
म त तिनै स्वार्थको गजलकार हुँ...
छन्द - शरणि
lll SSl Sll lSl S
न त भ ज गु.
(४ र ७ अक्षरमा विश्राम)



पियार थ्यो जहाँ मेटिन्न 'राज' त्यो
म बुझ्छु यार ती उद्घोष नेत्रका...
छन्द - तरङ्गिणी
lSl SlS SSl SlS
ज र त र
(६ अक्षरमा विश्राम)



निशामा 'राज' थ्यो किरणले खुल्यो
सुनौलो खण्डको गजल लेख्नु भो...
छन्द - अनन्ता 
lSS SlS lll SlS 
य र न र 
(६ अक्षरमा विश्राम)



जो भीष्मसरि हुन्छन् काँडमै हुन्छ मृत्यु
कात्रो नरम ल्याई खाप्नु पदैन तिम्ले...
छन्द - वीजाकृत
SSl llS SSl SSl S S
त स त त गु.गु.
७ अक्षरमा विश्राम)



म मर्छु युद्धमा, अघि लाख छन् 
नशोच शेषको प्रहरी हुँ म...
छन्द - तुसारमल्लिका 
lSl SlS llS l S
ज र स ल.गु.
(६ अक्षरमा विश्राम)...



जति नि जे भए, होइन आजको 
विगत 'राज'का कर्महरू थिए...
छन्द - कमलकेशरी
lll SlS Sll SlS
न र भ र
(६ अक्षरमा विश्राम) 



हेर्दाहेर्दै खडेरीको हुरी आयो त के गरौं...
छेक्दाछेक्दै डढेलोले वनै खायो त के गरौं...
छन्द - नालापानी 
SSS SlS SSl SSS lSl S
म र त म ज गु.
(४ - ४ अक्षरमा विश्राम)



म कस्तो प्रजाती ? रोपेर हेरे हुन्थ्यो...
कि फुल्थें कि फल्थें गोडेर हेरे हुन्थ्यो..
छन्द - मनोक्रान्ति
lSS lSS SSl SSS S
य य त म गु.
(६ अक्षरमा विश्राम 



जाऔं न प्यारी कुनु पर्छ त्याँ...
ऐंसेलु पाक्या हुनु पर्छ त्याँ...
छन्द - ऐंसेलु
SSl SSl lSl S 
त त ज गु.
(५ अक्षरमा विश्राम )



तड्पेर बस्नू पर्दा मर्दै छु जिम्दै यहाँ
डोली नल्याए तिम्ले चीता सजाए पुग्छ...
छन्द - आस्फोटनी
SSl SSS SSS lSS S S 
त म म य गु.गु.
(७ अक्षरमा विश्राम) 



मधु बगानको बयान के गरौँ...
मिलन स्थानको बयान के गरौँ...
छन्द - तुबरिका 
lll SlS lSl SlS
न र ज र 
(६ अक्षरमा विश्राम)



कोही थिए जो नव 'राज' खुल्दा बेहोश भै गएछन्
कोही थिए जो सब राम बन्दै आयो हराम भन्थे...
छन्द - विहङ्गिका 
SSl SSl lSl SSS SlS lSS
त त ज म र य
(५ र ११ अक्षरमा विश्राम) 



के छैन आफ्नु यहाँ ? संसार आफ्नु लाग्छ
आफ्नो भएर मात्रै मायाँ हुँदैन साथी...
छन्द - पीयूष
SSl SlS SSS lSl SS
त र म ज गु.गु.
(७ अक्षरमा विश्राम)



कुकुर थ्यो, किन आयौ ? भुक्छ भन्ने जानेपछि...
घरमुली रजनीमा फुक्छ भन्ने जानेपछि...
छन्द - अरुणिमा 
lll Sll SSS lSS SSl S
न भ म य त गु.
(४-४ अक्षरमा विश्राम)



आफूले ता माया पिर्ती लाउनै पो जानिएन...
पाएको भा लाम्थें होला पाउनै पो जानिएन...
छन्द - पिण्डीका 
SSS SSS SSS lSS SlS S 
म म म य र गु.
(४ - ४ अक्षरमा विश्राम )



हाम्ले रात फाल्दा जो जो उदाए 
तिन्ले आज भेटे भोली भएँ म ...
छन्द - हेमपुष्पिका 
SSS lSS SSl SS
म य त गु.गु.
(६ अक्षरमा विश्राम, ३ अक्षरमा अर्धविश्राम )



यसोरी नभन्नू दुख्छ याँ...
कटारी धसे झैं हुन्छ याँ..
छन्द - हिमानी 
lSS lSS SlS
य य र 
(६ अक्षरमा विश्राम, ३अक्षरमा अर्धविश्राम)



ध्यौता भाकी शीर राखें, गै'छ पवनसँगै त्यो 
उड्ने चैते पात हुन् यी बाल मतलव छैन...
छन्द- जातापत्या 
SSS SSl SSS lll llS S
म त म न स गु.
(४ र ८ मा विश्राम )



दिल छ एक दिम्ला बस्नुस् न बस्नुस्...
प्रित म नेक दिम्ला बस्नुस् न बस्नुस्...
छन्द - मखमली 
lll SlS SSS lSS 
न र म य
(७ अक्षरमा विश्राम,४ र ८ मा अर्धविश्राम)



किन भएँ नि राम्री ?
नियतिकी म थोती...
छन्द - सुचरित्रा
lll SlS S
न र गु.
(४ अक्षरमा अर्ध विश्राम )



कहाँ 'राज' खुल्थ्यो तखालूसको 
लगाइन् गजलले सलवार त्यो...
छन्द - रचना 
lSS lSS llS lS 
य य स ल.गु.
(६ अक्षरमा विश्राम,३ मा अर्धविश्राम )



राम्री बनेर हिड्छौ बसौली पसलमा !
काँचो कबाब बिक्ने जमाना छ ऐले ...
छन्द - वातूल
SSl SlS SlS SlS S
त र र र गु
( ७ अक्षरमा विश्राम )



बगैंचामा वसन्त थ्यो, कुरा काटे मयूरले 
लजायो लाज 'राज'को हटाए हात सुस्तरी...
छन्द - कुस्तुम्बरी
lSS SlS lSl SSS lSl S 
य र ज म ज गु 
( ८ अक्षरमा विश्राम, ४ र १२ मा अर्ध विश्राम )



राम्रो के हो र हुन्छ कस्तो ? कुन रङको छ त्यो म कसरी व्याख्यान त्यस्को गरूँ 
लोलाईमै त्रिलोक जम्मै सयर गराउने नजर थ्यो, त्यस्मा थियो के नशा...
छन्द - मेघनादानुलासिन्
SSS SlS lSS lll lSl Sll lSS SlS SlS 
(८ र २० अक्षरमा विश्राम)



पारी छ तिन्को माया वारी परेको छ छायाँ 
बीचमा असारे खोला, गढ़तीरमै अल्झिएँ म...
छन्द - हिमावती 
SSl SSS SSS lSS lSS
त म म य य 
(७ अक्षरमा विश्राम)



म त राजको नि 'राज' हुँ 
म हजूर भा नि भन्दिन...
छन्द - अभया
llS lSl SiS
स ज र 
( ५ मा विश्राम )



म त राजको नि 'राज' हुँ 
म हजूर भा नि भन्दिन...
छन्द - अभया
llS lSl SiS
स ज र 
( ५ मा विश्राम )



जस्ले लास बोक्छु भन्थ्यो, उस्कै लास याँ छ 
आफ्नै लास बोक्छ मान्छे, जप्दै राम राम...
छन्द - आमिक्षा 
SSS lSl SSS SSl S S 
म ज म त गु गु 
( ८ अक्षरमा विश्राम )



यौटा 'राज' छोड्ने त्यो सर्पै थिएँ कि 
मेरै काँचुलीमा मेरै दाह भेटें...
छन्द - चन्द्रभागा 
SSS lSS SSS lSS 
म य म य
(६ अक्षरमा विश्राम )



आफ्नो देश भन्दै पुग्थ्यो किन कोही ?
झ्याम्मै 'राज' धा'थ्यो रुप्से छहरामा...
छन्द - मत्तकासिनी 
SSS lSS SSl lSS 
म य त स 
( ६ अक्षरमा विश्राम )



नयनले शीत देख्यो चमक अर्थियो...
पयरले टिप्न खोज्यो झमक अर्थियो...
छन्द - झमक 
lll SSl SSl llS lS 
(८ अक्षरमा विश्राम, ४ अक्षरमा अर्ध विश्राम )



शिलाको जवानी काँचै हरायो...
जवानी थुनेको साँचै हरायो...
छन्द - विपन्ची
lSS lSS SSl SS
य य त गु.गु.
(६ मा विश्राम, ३ र ८ मा अर्ध विश्राम )



नउठाइ लौरी कुनै बाघ टेर्ला ?
सजिलै नभाग्ने भयो राजनीति...
छन्द - भुजंगानन
llS lSS lSS lSS
स य य य 
(६ अक्षरमा विश्राम,३ र ९ मा अर्ध विश्राम )



नियतीको मारमा छु...
म दुखेको प्यारमा छु..
छन्द -तिलपर्णी
llS SSl SS
(४ अक्षरमा विश्राम )



खोजेको थें सानो आभास मेरै आकृतीमा...
भेटें मैले मेरो आकाश मेरै आकृतीमा...
छन्द - काल्चीमिस्री
SSS SSS SSS SSl SS
म म म त गु.गु.
(४-४ अक्षरमा विश्राम)



वसन्त मास थ्यो...
हुरी बतास थ्यो...
छन्द - सवर्तिका
lSl SlS
(२ अक्षरमा विश्राम )



उनी थिन् त्याँ ...
बित्यो छिन् त्याँ...
छन्द - अवाक्पुष्पी
lSS S
(२ अक्षरमा विश्राम )



दिलमा झिलिक्क त्यो उनको पुकार थ्यो...
बिजुली थिएन त्याँ ! हँसिलो मुहार थ्यो...
छन्द - अभिसारिका
llS lSl Sll SlS lS
(७ अक्षरमा विश्राम)



हुन्छ भने पास हौ छुन्छु बरीलै...
हुन्न भने दूर हौ रुन्छु बरीलै...
छन्द - मुचुङ्गा
Sll SSl SSl lSS
भ त त य
(७ अक्षरमा विश्राम)



छन्द - जवाकस्तूरी
lSS SSl SSS S
(५ अक्षरमा विश्राम )
सलाई आफैं बनाएँ मैले...
मलाई आफैं जलाएँ मैले...



छन्द - मधुरसा
lll Sll lSl lSl S
न भ ज ज गु
(४-४ अक्षरमा विश्राम)
नयनमा नजर थ्यो अरु के भनौं...
अधरमा असर थ्यो अरु के भनौं...



छन्द - सीमन्तिनी
SSl SSS SlS S
त म र गु
(५ अक्षरमा विश्राम)
आमा पकाए बोक्सी बनाई...
बाँटेर खाए बोक्सी बनाई...



छन्द - जानकी
SlS lSS SlS lSS
( ३ र ९ मा अर्ध विश्राम र ६ मा विश्राम )
राजको जवानी राजमा नि राख्ने
राजले छकाई लाटलूट पारे...




छन्द - शमाश्री
lll lll SSl lSS lSS
( ८ अक्षरमा विश्राम )
नयन छिन पखालें दिल टाँसेर फोटो...
अनि मुसुमुसु हाँसें दिल टाँसेर फोटो...



छन्द - यार्सागुम्बा
SSS SlS lSS SSS lSl S
(८ अक्षरमा विश्राम )
बाजी यस्तो कमाल थ्यो, यार्सागुम्बा थियो जहाँ...
जित्ने कस्ले सवाल थ्यो, यार्सागुम्बा थियो जहाँ...



छन्द - विन्देश्वरी
lSS SSS SSl SSS SSS S
( आठ अक्षरमा विश्राम)
उनी देख्दा दोबाटोमै ढलेको थें झन्डैझन्डै...
बिहोशीमै माया गर्छु भनेको थें झन्डैझन्डै...



छन्द - राज
llS lSS llS lSS
(६ अक्षरमा विश्राम)
अभिशाप जस्तो सपना छ यौटै...
बरबाद भा'को घटना छ यौटै...



अब यी छन्दहरू मध्ये कुनै एक चुनी लेख्न शुरु गर्न सक्नु हुने छ |

पोस्ट राज चापागाईं 

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल