
मंञ्चन अघिको काहानी छ म संग
आँशुले भिजेको सिरानी छ म संग|१|
सक्दिन उड्न म फिजाएर पंखेटा
अवधी नाघेको राहादानी छ म संग|२|
अवधी नाघेको राहादानी छ म संग|२|
स्वार्थी छ जमना को पो छ र अछुतो ?
स्वार्थले छोपेको बैमानी छ म संग|४|
के सक्छ स्वीकार्न दुनियाँले मलाई ?
अस्मिता लुटिएको जवानी छ म संग|५|
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल -साउदी अरब
No comments:
Post a Comment