साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Tuesday, September 4, 2012

गजल :- निर्मला अवस्थी


गजल :-अप्ठेरोमा परें  भने थाम्नु   हात मेरो





सातै जन्म हुनु है त तिमी साथ मेरो
अप्ठेरोमा परें  भने थाम्नु   हात मेरो।१।


जुनी जुनी बाँच्छ माया समर्पण भए
साँच्चै हो यो तिमी पनि मान बात मेरो।२।



जे जे भन्छु त्यहि मान्छौ बिमती नै छैन
पुरा गर्न खोज्छौ सधै जे छ चाहत मेरो।३।


झर्न दिन्नौ परेलीमा एक थोपा आँश
भन्छौ दिन्छु सबै खुशी हुन्न  घात मेरो।४।


सातै जन्म हुनु है त तिमी साथ मेरो
अप्ठेरोमा परें  भने थाम  हात मेरो ।५।



निर्मला अवस्थी 

गोर्खा नेपाल 

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल