साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Wednesday, September 5, 2012

गजल :-आफ्नो भाग्य आफ्नै आधारमा खोज्नू


गजल:-




आफ्नो भाग्य आफ्नै आधारमा खोज्नू
जीत हुन्छ पक्कै र त हारमा खोज्नू   ।१।

पिंढा संगै खेल्ने  बानी भए देखि
कता कता छोयो तिनै मारमा खोज्नू ।२।


कति घात भयो  जिवन बाँच्ने क्रममा
आवेशमा हैन संधै प्यारमा खोज्नू ।३।

मान्छे कति सम्म  निर्दयी हुन सक्छ
लेखाजोखा उसको अत्याचारमा खोज्नू ।४।

आरोपमै कतै  बदनाम पारे भने
परिचय आफ्नै  संघारमा खोज्नू ।५।

१५ भदौ २०६९
कन्याम, ईलाम ।।
अचेल- क्वालालम्पुर ।

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल