साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Wednesday, September 5, 2012

गजल -कुरा गर्ने मन त् थियो तिम्रो फुर्सद् हुन्न रैछ


गजल-



कुरा गर्ने मन त् थियो तिम्रो फुर्सद् हुन्न रैछ
 तिम्रो छायाँ दिल भित्र पखालेर धुन्न रैछ |१|


ढुंगा माटो बराबरी राम्रो घर बनाउन
 पहिरो नै चले पनि तिम्रो मन रुन्न रैछ |२|


हिर्दय यो जल्दै गर्दा बोलि सुन्दा ओखती भो 
ढुंगा जस्तो हिर्दयमा भावनाले छुन्न रैछ |३|


कसको मनमा के-के हुन्छ भित्र पसी हेर्न गार्हो 
झर्कि झर्कि बोल्दै थियौ अन्तै जालो बुन्न रैछ |४|


युगौ सम्म सुखी हुनु म त मर्दै बाँचुला नि 
'संजय ' लाई घृणा गर्यौ उसैलाई चुन्न रैछ |५|


संजय कुमार खड्का 
रामेछाप देउराली -८
 साउदिअरब

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल