साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Wednesday, October 3, 2012

गजल -संघियता आफ्नै खोज्यो फट्याङ्राले पनी

गजल
 

संघियता आफ्नै खोज्यो फट्याङ्राले पनी 
गुलेलीकै राज्य रोज्यो मट्याङ्राले पनी|१| 

पस्किएको भात सम्झी राज्य बाँढ्ने दाता
लाटो राज्य खोज्दै छ रे लट्याङ्राले पनी|२|

खसी पार्या बोका ले नै इज्जत लुटे पछी
आरक्षणको माग गरे पठ्याङ्राले पनी |३|

आन्दोलनमा लागे धामी डाक्टर फाल्ने भन्दै
सहमती गरी सके ढोल ढ्याङ्राले पनी|४|


गँजेडिको राज्य खोइ कता पर्‍यो भन्दै
लुगलुग काम्दै बोल्न थाल्यो गज्याङ्राले पनी|५|




जीतु खड्का गाउले
मोरंग उर्लाबारी

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल