शिर्षक: फेरि मेरै कोखबाट जन्म लिनु(आमाको कथा)
लेखक Sp Mathawor
मलाइ अल्पआयुमै छाडिजाने मेरा मुटुका दुइ पाटाका दिवंगत छोराहरु ।आशा त थियो तिमिहरु मेरो साथमा सदैव रहनेछौ ।तर मेरो दुर्भाग्य तिमिहरु मेरै काखबाट जन्म लिए पनि हुर्के पनि मेरो भागमा त्यो दिन देख्न लेखेको रैनछ ।कुमार जेष्ठ सुपुत्रको रुपमा जन्मिए पछि खुसिको सिमा रहेन ।असारको महिना थियो भारि जिउले गाइ गोठको हिलो सेहार गरेर एउटि सुत्केरिको आशिष थाप्न सोत्तरको बडेमाको डोको बिसाएको केहि छिनमै तिमिले यस पृथ्विमाआगमन गरेका थियौ ।जतिसुकै प्रसव पिडा भएपनि आफ्नो भविष्य आफ्नो कोख हेर्दा आनन्द विभोर भएकि थिए ।कमजोरि तिम्रो आगमनले गर्दा धेरै वेर गदगद भएको थियो शरिर ।खुसिको उत्कर्ष थियो हाम्रो घरमा ।
यसरि दिनहरु बित्दै थियो ।३ वर्ष पछि पुष ५ गते घान्य पुर्णिमाको दिन दोस्रो पुत्र रत्नको रुपमा वलरामको पनि आगमन भएथ्यौ ।
ज्योतिषले तिमिहरुको चिना बनाउदै भन्नुभयो कमारले सम्पुर्ण परिवारको पालनपोषण गर्नेछ ।सबैलाइ मान सम्मान गर्नेछ ,अरुको माताहतमा काम गर्न रुचाउन् छैन ।हरेक कामके नेतृत्व आफैले गर्न रुचाउछ ।यो बावु सिंहराशि को हो।यसको स्वभाव पनि सिंहको जस्तै हुनेछ ।वलराम चाहि घरको योग्य कुलदिप हुनेछ ।देश बिदेशममा नाम राख्नेछ।यि कुरा सुन्दा हर्षले बिभोर भयकि थिय ।
तिमिहरु दुईदाजुभाई आगनमा नाच्दा हामि सधै हर्षले बिभोर हुन्थेउ।अनि तिमिहरूलाई चोट लाग्दा छाति चिरिन्थ्यौ।तेसै ले हेर चाहा गरिरहन्थेऊ ।दिनप्रतिदिन समय बित्दै गयो तिमिहरु उचाई रआकार पनि बढे अनि तिमिहरू स्कुल जान थाल्यौ ।मेरा आखाहरुले तिमिहरुलाई बाटोमा हेरिरहन्थ्यौ ।जब तिमिहरु देखिन्थ्यौ तब मेरो शरिरमा एक प्रकारको खुसिको तरङग सञ्चारित हुन्थ्यौ ।पालै पालो झ्वाम्म अंगालो मार्दै तिमिहरु चुमिरहन्थेऊ ।तब सूखमा पनि दुखमा पनि तिमिहरुमानै भबिष्य हेर्दै रमाउथे ।तिमिहरको पढाईले गांउठाउमा झन ईज्जत बढाईदियो ।झन पछि तिमिहरुले स्कुल जानु भनेर गय पछि स्कुल गयर उताबाट आए पछि स्कुलको ड्रेसनै नफुकालि बाबालाई पसलमा सघाउदा म खुसिले गदगद हून्थे ।भोकले चुर भइ आएका तिमिहरु मैले दिऊसो बाट बनाइरहेके खाजासमेत नखाई आफ्नो जिम्वेबारि निभाउदा पुन हर्षले बिभोर हुन्थे ।जे जसो भयपनि समय रोकियन तिमिहरु दुई ठुला ठुला भयौ ।उच्च शिक्षाका लागि कलेज जादा आउदा गर्ब साथ हे भगबान संसारमा सबै मानिस हामि जस्तै खुसि होउन भनेर आकाशतिर हेर्दै बिधातालाई नमन गर्थे ।अध्ययन पछि कुमार पर्यटन ब्यपसायतिर लाग्यो ।बलराम नेपालि सेनामच भर्ति भयो ।कुमारले आफ्नो इमान्दारिताले हप्तादिनमै हप्ताको 25000 कमाएर आफ्नो बाबालाई दिदा मेरो देश कति प्राकृतिक सम्पन्न रैछ भन्ने लाग्यो ।तै पनि यहाँ हाम्रा भाई छोरा किन बेरोजगारि भयका होलान भनेर भन्ने प्रश्न मनमा नउब्जिएको पनि हैन ।तर पनि देशको अबस्था नाजुक छ दिनानू दिन खस्कदो छ तेसैले यहाँ बेरोजगारिको रुख फैलिएको हो भनेर त मलाई पनि थाहा ।मेरा दुई सुपुत्र ले हाम्रो नाममा रोशन भरिदिएकाले हर्षको सिमा थिएन ।पर्यटनमा हिठेको छोरो जताततै घुमि देशबिदेश घुम्ने सुरसार बाटो पहिलाउदै छ ।उता सेना मा भर्ति भयको छोरो को बौदिक क्षमताले प्रमोशन हुने तयारि हुदैछ रे ।
आज खै किन दाहिने आँखा नराम्ररि फरफराई राछ कतै छोराहरु अप्ठेरोमा परेकि भन्ने चिन्ताको भारि च्याप्न थाल्यो अनि कुमार बलरामको बाबाले सम्झाउदै भन्नुभयो तेति सारो सुरता नगर कुमारकि आमा हाम्रा छोरा राम र लक्षुमण हून जस्तो सुकै तुफान पनि रोक्न सक्छन।यति भनि नसक्दा रेडियो बाट एका बिहानैब्रेकिङ न्युज दिन्छ काठमाण्डौ बाट लुक्लाका लागि उडेको सिता एयरलाईन्सको हवाईजहाज मा आगलागि भयो रे 19 जना रहेको सम्पुर्ण यात्रुको मृत्यु।अर्को दिन हल्ला सुने मेरा दुबै छोरा पनि तेहि बिमान मा परेछन रे ।यो खबर सुन्ना साथ कुमारका बाबा बेहोश हुनुहुन्छ म कहा छु को हुभन्ने आफैलाई गुमाई मुरछित पर्छु ।दुई दिन पछि अस्पतालमा होस आउदा कुमारका बाबाले मलाईपनि छाडेर जानुभयको खबर पाए मेरा दुई छोराको अझै सनाखत हुन सकेको छैन रे ।यहा अब म पनि मृत्युको गंगामा सयर गरेजस्तै भयकि छु ।मेरादुई छोरा म पनि बोलाओ कुमारको बाबा मलाई पनि डाक्नुस न म यहा मृत्यु कुरेर बस्न सक्दिन ।कुमार बलराम अर्को जुनि फेरि मेरै कोखबाट जन्म लेउ है ?
No comments:
Post a Comment