साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Thursday, October 4, 2012

गजल -72 -हाँसो सधै रहन्न के जोगाएर राखे राम्रो


गजल :-










हाँसो सधै रहन्न के जोगाएर राखे  राम्रो
आखाँ लाग्छ पराइको लुकाएर राखे  राम्रो |१|


चिन्ता लिन्न भने पनि आफै आउछ घरी घरी
स्वस्थ बन्न पीर बेथा दबाएर राखे  राम्रो  |२|


 थरी थरी मान्छे हरु संस्कार पनि फरक फरक 
छानि-छानि असल खराब् पचाएर राखे  राम्रो |३|


विज्ञानको हावि हुदै जमाना त्यो बद्ले पनि 
संस्कृति र परम्परा बचाएर राखे  राम्रो  |४|


फेरिनु छ समाज अझै जाग्नु पर्छ नारी पुरुष
 कुरीति र कुसंस्कार हटाएर राखे  राम्रो  |५|


 रदिफ फरक गरिएको गजल :-

हाँसो सधै रहन्न के जोगाएर राख्नु  पर्छ
 आखाँ लाग्छ पराइको लुकाएर राख्नु पर्छ |१|

चिन्ता लिन्न भने पनि आफै आउछ घरी घरी
स्वस्थ बन्न पिर बेथा दबाएर राख्नु पर्छ |२|

थरी थरी मान्छे हरु संस्कार पनि फरक फरक 
छानि-छानि असल खराब् पचाएर राख्नु पर्छ |३|

विज्ञानको हावि हुदै जमाना त्यो बद्ले पनि 
संस्कृति र परम्परा बचाएर राख्नु पर्छ |४|

फेरिनु छ समाज अझै जाग्नु पर्छ नारी पुरुष 
कुरीति र कुसंस्कार हटाएर राख्नु पर्छ |५|


संजय कुमार खड्का 
रामेछाप देउराली -८ 
हाल : साउदिअरब

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल