
शिर्षक: फेरि मेरै कोखबाट जन्म लिनु(आमाको कथा)
लेखक Sp Mathawor
मलाइ अल्पआयुमै छाडिजाने मेरा मुटुका दुइ पाटाका दिवंगत छोराहरु ।आशा त थियो तिमिहरु मेरो साथमा सदैव रहनेछौ ।तर मेरो दुर्भाग्य तिमिहरु मेरै काखबाट जन्म लिए पनि हुर्के पनि मेरो भागमा त्यो दिन देख्न लेखेको रैनछ ।कुमार जेष्ठ सुपुत्रको रुपमा जन्मिए पछि खुसिको सिमा रहेन ।असारको महिना थियो भारि जिउले गाइ गोठको हिलो सेहार गरेर एउटि सुत्केरिको आशिष थाप्न सोत्तरको बडेमाको डोको बिसाएको केहि छिनमै तिमिले यस पृथ्विमाआगमन गरेका थियौ ।जतिसुकै प्रसव पिडा भएपनि आफ्नो भविष्य आफ्नो कोख हेर्दा आनन्द विभोर भएकि थिए ।कमजोरि तिम्रो आगमनले गर्दा धेरै वेर गदगद भएको थियो शरिर ।खुसिको उत्कर्ष थियो हाम्रो घरमा ।