साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Saturday, October 1, 2011

दशैँ बिशेष गजल

आदरणीय मेरा मित्र हरु मेरो आजको गजल -२९ नजिकिदै गएको दशैँ को बारेमा कोर्ने प्रयाश गरेको छु | हजुर हरुको सल्लाह र सुझाब मेरो गहना हो |







दशैँ आयो बर्ष दिनमा धनीलाई त माल भयो
कस्तो खालको चाड आयो गरीबलाई काल भयो ||


बुढी आमा बाटो कुर्छिन छोरा आउने दिन गनी
आशिष थाप्न नपाउँदा आज यस्तो बेहाल भयो ||


परम्परा धानी राख्न दशैँ मानौ सदभावले
धेरै आशिष कसले थाप्ने होडबाजी चाल भयो ||


द्वन्द कालमा दशैँ मान्न नपाएका सबै हामी
हाँसी खुशी चाड मान्ने आनन्दको साल भयो ||


बाध्याता र बिबशताले परदेशमा भए पनि
बडाजनको आसिष संगै टिका रंग लाल भयो ||


संजय कुमार खड्का
हाल :साउदीअरब
रामेछाप देउराली -८

1 comment:

Malenursesanjaya said...

महान पर्व विजयादशमी २०६८ को पावन अवसरमा देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु सुख,शान्ति शु-स्वास्थ्य,दिर्घायु र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना मेरो तर्फ बाट पनि ब्यक्त गर्दछु

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल