साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Friday, October 28, 2011

तिहार बिशेष गजल -३८

गत साल भैलो खेल्या आज याद आयो मलाइ
गाउ घरका साथी सम्झी मुटु भित्रै खायो मलाइ |1|

सोर्ह  सत्र   उमेरमा     जवानीले  मस्त    थिए
धेउशी खेली नाच्या मैले आजै जस्तो लायो मलाइ |2|

घुमाउने रोटी पोल्न चामलको पिठो  थियो
सेल रोटी खाको मैले सम्झना चै छायो मलाइ |3|

धेउसी  र  भैलि  खेली     रमाइलो  गर्दा  खेरी
 मादलु त्यो घन्किएको मन्ले गीत गायो मलाइ |4|

नजिक को तिर्थ हेला संगै बस्ने भए पछि
सम्झनाको तीर मेरो घरदेश धायो मलाइ   |5|

संजय कुमार खड्का
हाल : साउदीअरब
रामेछाप देउराली -८ 

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल