साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Friday, December 2, 2011

मेरो आजको गजल -42

मेरो आजको गजल -४२ 








नेपाल गए कपाल संगै बर्मा गए कर्म संगै
जहाँ जान्छु कुरा तिनै झै-झगडा धर्म संगै |१|


हाँस्नु पर्छ भन्छ्न सबै भित्री पिडा कस्ले बुझ्ने
अरु सामु हाँसी हिड्छु आफु भित्र मर्म संगै |२|


नेपाली हुँ जन्मे देखी ऋण बोकी आएको छु 
चुक्ता गर्न खोजे पनि छिमेकीको पर्म संगै |३|   


धनीका ती हवेलिमा मोजमस्ती  चलेकै छ 
कोही यहाँ बाँच्न गाह्रो लाज पच्यो शर्म संगै |४|


स्वार्थी भइ बाँचौ भने मानबिय  सेवा होइन 
अरु सारा मेरो आसमा बुढी आमा घरमा संगै |५|


सञ्जय कुमार खड्का
रामेछाप देउराली -८
हाल : साउदीअरब

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल