साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Saturday, January 21, 2012

एकमा दुइ जोडेपछि चार हुन्छ भन्दिन म

मेरो आजको गजल -५२


मेरा सम्पूर्ण साहित्यिक मित्र हरु मेरो आजको गजल -५२  लेख्दा लेख्दै यस्तो हुन् गयो | आबस्यक सल्लाह र सुझाबको आशामा |


एकमा दुइ जोडेपछि  चार हुन्छ भन्दिन म
जिन्दगीमा आफ्नै देह  भार हुन्छ भन्दिन म |१|


दुःख देखि भागि हिडे लक्ष्य कहा हात पर्छ
दुःख कष्ट हामि बाट पार हुन्छ भन्दिन म  |२|


बेलैमाथि माया मारी  आफ्नाले नै छोडी गए
जिन्दगीमा सम्झनाचै  सार हुन्छ भन्दिन म |३|


जीवनमा संगै बस्दा  झगडा र रिस मात्रै
टाढा पुगी बोलाउने  तार हुन्छ भन्दिन म   |४|


बध्यातामा परी  आफै  खुशी दिन चुके पछि
माया लाइ चोरी लाने जार हुन्छ भन्दिन म  |५|


संजय कुमार खड्का
रामेछाप देउराली -८
हाल : साउदीअरब

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल