साहित्य र लेख

धन्यवाद देउराली संगम मा पाल्नु भएकोमा फेरी पनि पाल्नु होला |


I made this widget at MyFlashFetish.com.

Friday, February 10, 2012

आउन माया बसौ संगै दिउसै रात परे जस्तो

मेरो आजको गजल -५५





आउन माया बसौ संगै दिउसै रात परे जस्तो
तातो रगत् उम्लिएर नसा नसा सरे जस्तो |१|

हेर्दा हेर्दै मंत्रमुग्ध  अनुहार लाल भयो
तिमि लाई हेर्ने चाह पग्लिएर झरे जस्तो |२|


कल्पनामा डुब्दा डुब्दै तिम्रो तस्बिर् कोर्दै थिए
होस मेरो गुम्दै जाँदा सीमापार गरे जस्तो |३|


सपनिमा आत्तिएर तिम्रो नाम जप्दै थिए
बोलाउदा चित्कारले कति ! जंघार् तरे जस्तो |४|


तिमी भयौ समिपमा चुम्बनले चुम्दा चुम्दै
न्यानो माया गाढा हुदै देह मेरो भरे जस्तो |५|


संजय कुमार खड्का
रामेछाप देउराली -८

No comments:

ताजा सामाग्री हरु

About Me

My photo
आदरणीय मित्र हरु सबै लाइ मेरो नमस्कार | म संजय कुमार खड्का रामेछाप देउराली -८ जन्म भइ बिभिन्न आरोह र अबरोह पार गर्दै काम को सिलसिलामा अहिले साउदीअरब को जुबेल भन्ने ठाउमा छु | मेरो खासगरी पेशा स्वास्थ कर्मी भएकाले सेवा गर्न र स्वस्थ समस्याका बारेमा सल्लाह दिन मन पराउछु | साथै साहित्यमा रुची राख्ने मान्छे भएकाले सके सम्म यहाँ हरुलाई भरपुर साहित्य रचना बाडी मनोरन्जन गर्ने प्रयास गर्ने छु | मलाइ कुनै कुरा सल्लाह र सुझाब दिनु परेमा वा हजुर हरुका रचना भए पठाउन sanjaya.khadka24@hotmail.com मा पठाउन सक्नु हुन्छ /साथै स्काई पि आइडी : sanjaya.khadka1 मा कुरा गर्न पनि सक्नु हुनेछ | धन्यबाद |

कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ ?

हाम्रा पाउना हरु :-

तक्मे बुढा इसराइल आउदै

कहाँ बाट को !

जीवन साथी- बसुन्धारा भुसाल